रास्वपा महाधिवेशन : बालेन बीचमै हिँडे, रवि पदाधिकारीलाई भोट हाल्नै आएनन् « Khabarhub

रास्वपा महाधिवेशन : बालेन बीचमै हिँडे, रवि पदाधिकारीलाई भोट हाल्नै आएनन्


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि चितवनमा जारी पहिलो महाधिवेशनको भद्रगोल पदाधिकारीको निर्वाचनसम्मै जारी छ।

शुक्रबार पदाधिकारीको मतदान हुँदा सभापति रवि लामिछाने मतदान गर्ने नआएको खुलेको छ।

पदाधिकारीका लागि १२ सय ८९ मत खस्दा सभापति लामिछाने मतदानका लागि महाधिवेशनस्थलमै आएनन्।

यसअघि वरिष्ठ नेता वालेन्द्र शाह पनि १० असारमा महाविधेशन अन्तर्गत निर्वाचन कार्यक्रम नै नभई काठमाडौं फर्किएका थिए।

गत ७ असारमा श्रीमती र सानी छोरीसहित चितवन पुगेका उनी असार १० मा निर्वाचन नै नभएको अवस्थामा काठमाडौं फर्किएका थिए।

बालेन र रविले ७ असारमा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए । त्यसपछि बालेन घुमघाममा रमाए।

असार ९ गते साँझ महाविधेशनको बन्दसत्रमा करिब डेढ घण्टा मात्रे बसेका उनी सभापतिमा रवि लामिछानेको प्रस्तावक बसेर हिँडेका थिए ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : १४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र