रास्वपा महाधिवेशन : बालेन बीचमै हिँडे, रवि पदाधिकारीलाई भोट हाल्नै आएनन् « Khabarhub

रास्वपा महाधिवेशन : बालेन बीचमै हिँडे, रवि पदाधिकारीलाई भोट हाल्नै आएनन्


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि चितवनमा जारी पहिलो महाधिवेशनको भद्रगोल पदाधिकारीको निर्वाचनसम्मै जारी छ।

शुक्रबार पदाधिकारीको मतदान हुँदा सभापति रवि लामिछाने मतदान गर्ने नआएको खुलेको छ।

पदाधिकारीका लागि १२ सय ८९ मत खस्दा सभापति लामिछाने मतदानका लागि महाधिवेशनस्थलमै आएनन्।

यसअघि वरिष्ठ नेता वालेन्द्र शाह पनि १० असारमा महाविधेशन अन्तर्गत निर्वाचन कार्यक्रम नै नभई काठमाडौं फर्किएका थिए।

गत ७ असारमा श्रीमती र सानी छोरीसहित चितवन पुगेका उनी असार १० मा निर्वाचन नै नभएको अवस्थामा काठमाडौं फर्किएका थिए।

बालेन र रविले ७ असारमा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए । त्यसपछि बालेन घुमघाममा रमाए।

असार ९ गते साँझ महाविधेशनको बन्दसत्रमा करिब डेढ घण्टा मात्रे बसेका उनी सभापतिमा रवि लामिछानेको प्रस्तावक बसेर हिँडेका थिए ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : १४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन