रास्वपा पदाधिकारी निर्वाचनमा सहभागी भएनन् दुईतिहाइ प्रतिनिधि, खस्यो केबल ३० प्रतिशत मत « Khabarhub

रास्वपा पदाधिकारी निर्वाचनमा सहभागी भएनन् दुईतिहाइ प्रतिनिधि, खस्यो केबल ३० प्रतिशत मत


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनमा ६ दिनदेखि जारी पहिलो महाधिवेशनमा प्रतिनिधिको सहभागिता निराशाजक देखिएको छ।रास्वपा केन्द्रीय सदस्यका लाग ३१ प्रतिशतले भोटै हालेनन्,

शुक्रबार भएको पदाधिरकारीको निर्वाचनमा त प्रतिनिधिहिहरूको सहभागिता अति नै कम पाइएको हो ।

बिहीबार प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ३१.३७ अर्थात करिब एकतिहाइले मतदान नै गरेका थिए ।

तर शुक्रबार भएको पदाधिकारीको निर्वाचनमा त झन् प्रतिनिधिको सहभागिता निराशाजनक देखिएको हो । पदाधिकारीका लागि करिब ३० प्रतिशत महाधिवेशन प्रतनिधिले मात्रै मतदान गरेका छन् । केही प्रतिनिधिले त मतदान गर्न नपाएपछि धर्ना नै बसेका छन् ।

यस पटक सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह मतदानमै सहभागी भएनन् । वालेन बीचमै महाधिवेशन छाडेर काठमाडौंतिर हानिए । उता निर्विरोध सभापति बनेका रवि शुक्रबार पदाधिकारीको निर्वाचनमा भोट हाल्नै गएनन् ।

महाधिवेशनमा सहभागी करिब ४३ सय प्रतिनिधिमा एकतिहाइ मात्रै प्रतिनिधिले मतदाधिकार प्रयोग गर्नुलाई निराशाजनक भनिएको छ।

महाधिवेशन प्रतिनिधि सङ्ख्या : ४३११
केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गर्ने प्रतिनिधि : २९५९
पदाधिकारी निर्वाचनमा मतदान गर्ने प्रतिनिधि : १२८९

तथ्यांकलाई हेर्दा जम्मा प्रतिनिधिको ६८.६३ प्रतिशतले केन्द्रीय सदस्यलाई भोट हाले पाइएको छ। । जसमा ३१.३७ प्रतिशत मदानमा सहभागी नै भएनन् ।
पदाधिकारी निर्वाचनलाई त दुईतिहाइ बहुमत अर्थात् ७० प्रतिशत प्रतिनिधिले बहिष्कार गरेको पाइएको छ। ३० प्रतिशत मात्रै मत खसेको पदाधिकारीको वैधानिकतामा पनि केहीले प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : ५६ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने