महामन्त्रीमा पराजित भएपछि मनिषले भने : टीके अभ्यास रोक्न सफल भएँ, परिणाम स्वीकार्छु « Khabarhub

महामन्त्रीमा पराजित भएपछि मनिषले भने : टीके अभ्यास रोक्न सफल भएँ, परिणाम स्वीकार्छु


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि भएको निर्वाचनमा महामन्त्रीतर्फ मनिष झा पराजित भएका छन् । उनलाई सभापति रवि लामिछानेका विश्वासपात्र विपिन आचार्यले हराएका छन् ।

विपिनसँग पराजित भएपछि मनिषले आफ्नो राजनीतिक यात्रा जारी रहेको बताएका छन् । उनले निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाका रुपमा लिएको पनि बताए ।

‘मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टीके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो’, उनले भने, ‘नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनुभयो, आभारी छु। महाधिवेशनमा पदाधिकारी चयनको लागि भएको निर्वाचनमा म पराजित भएको छु, यो परिणाम स्वीकार गर्छु।’

उनले महामन्त्रीमा निर्वाचित विपिनलाई बधाई दिएका छन् । ‘मेरो मित्र विपिनलाई बधाई छ, मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु। म आज देखि केवल केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने छु’, उनले भनेका छन्।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : ०५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र