महामन्त्रीमा पराजित भएपछि मनिषले भने : टीके अभ्यास रोक्न सफल भएँ, परिणाम स्वीकार्छु « Khabarhub

महामन्त्रीमा पराजित भएपछि मनिषले भने : टीके अभ्यास रोक्न सफल भएँ, परिणाम स्वीकार्छु


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि भएको निर्वाचनमा महामन्त्रीतर्फ मनिष झा पराजित भएका छन् । उनलाई सभापति रवि लामिछानेका विश्वासपात्र विपिन आचार्यले हराएका छन् ।

विपिनसँग पराजित भएपछि मनिषले आफ्नो राजनीतिक यात्रा जारी रहेको बताएका छन् । उनले निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाका रुपमा लिएको पनि बताए ।

‘मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टीके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो’, उनले भने, ‘नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनुभयो, आभारी छु। महाधिवेशनमा पदाधिकारी चयनको लागि भएको निर्वाचनमा म पराजित भएको छु, यो परिणाम स्वीकार गर्छु।’

उनले महामन्त्रीमा निर्वाचित विपिनलाई बधाई दिएका छन् । ‘मेरो मित्र विपिनलाई बधाई छ, मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु। म आज देखि केवल केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने छु’, उनले भनेका छन्।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : ०५ बजे

कोशी सरकारबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा

विराटनगर – कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री

निर्वाचन प्रहरीको खरिद कागजात पेश गर्न सरकारलाई निर्देशन

काठमाडौं– संसदीय समितिले निर्वाचन प्रहरीको पोशाक एवं अन्य सामग्री खरिद

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

सिरहा– पाँच वर्षअघि सङ्घीय सरकारको ७० प्रतिशत र लहान नगरपालिकाको

सौगात–दयाहाङको एकपछि अर्को फिल्म फ्लप, ‘लुट’को ब्याजले कहिलेसम्म धान्ला ?

काठमाडौं – निर्देशक सौरभ चौधरी मेघा बजेट फिल्म ‘साम्राज्य’ बनाउने

बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवालाई स्वागत गर्दै कांग्रेस इतर पक्ष

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र