प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने « Khabarhub

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले आफूलाई अपरिपक्व हुने कुनै छुट नदिएको भन्दै अझ जिम्मेवार र परिपक्व नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात् सम्बोधन गर्दै लामिछानेले देशले रास्वपामाथि गरेको आशा र भरोसालाई कायम राख्न आफूले अझ धेरै मेहनत गर्नुपर्ने बताए।

‘संस्थापक सभापति भएकाले मेरा केही गहन जिम्मेवारी छन्। देशले हामीमाथि गरेको आशा र भरोसा नटुटोस् भन्ने मेरो दायित्व हो। पहिले मलाई अपरिपक्वताको आरोप लाग्थ्यो, तर परिस्थितिले मलाई अपरिपक्व हुने छुट दिएको छैन,’ उनले भने।

उनले समय र परिस्थितिले आफूलाई अझ जिम्मेवार र परिपक्व बन्न प्रेरित गरिरहेको उल्लेख गर्दै पार्टीलाई उदार, जिम्मेवार र लोकतान्त्रिक ढंगले अघि बढाउने प्रतिबद्धता पनि जनाए।

सम्बोधनका क्रममा लामिछानेले रास्वपाका कुनै पनि नेता–कार्यकर्ताको गतिविधि, अभिव्यक्ति वा राजनीतिक उपस्थितिका कारण देशका नागरिक, सञ्चारमाध्यम, नागरिक समाज, राजनीतिक वृत्त वा अन्तर्राष्ट्रिय समुदाय कोही पनि भयभित वा त्रसित हुन नहुने बताए।

उनले पार्टीप्रति उठ्ने प्रश्नबाट भाग्ने नभई त्यसको रचनात्मक रूपमा सामना गर्दै जनतालाई आश्वस्त पार्नु नै आफ्नो दायित्व भएको बताए।

लामिछानेले लोकतन्त्रका आधारभूत सिद्धान्त तथा राज्यका संस्थाहरूको सम्मान गर्नुपर्नेमा जोड दिँदै शक्ति पृथकीकरणको सिद्धान्तबाट विचलित भएर विगतका शासकले जस्तै गलत अभ्यास दोहोरिए त्यसले पार्टी मात्र होइन, सिंगो देश र भावी पुस्तालाई समेत क्षति पुग्ने चेतावनी दिए।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ९ : ०६ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ