रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य « Khabarhub

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि पदाधिकारी तहमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य देखिएको छ ।

महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् भने वरिष्ठ नेतामा बालेन्द्र शाह यसअघि नै निर्विरोध मनोनीत भइसकेका छन् । पदाधिकारीतर्फ भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम विजयी भएका छन्।

महामन्त्रीमा विपिनकुमार आचार्य ६७३ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी मनिष झाले ३४६ मत प्राप्त गरे भने गणेश कार्कीले १६९, सागर ढकालले १३९ र उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी रञ्जु दर्शनाले ३४ मत प्राप्त गरिन्।

सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी भएका छन् भने महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन्। सहमहामन्त्री पदका उम्मेदवार हिमेश पन्तले सबैभन्दा कम ५३ मत प्राप्त गरेका छन्।

नयाँ नेतृत्वमा सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित सात सदस्यीय पदाधिकारी टोली बनेको छ। तर उक्त टोलीमा दलित, जनजाति र मधेसी समुदायबाट कुनै पनि प्रतिनिधि निर्वाचित हुन नसकेपछि समावेशिताको विषयमा प्रश्न उठ्न थालेको छ।

रास्वपाले आफूलाई वैकल्पिक र समावेशी राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको भए पनि पहिलो महाधिवेशनबाट चयन भएको पदाधिकारी टोलीमा ती समुदायको प्रतिनिधित्व नदेखिएको विषय अहिले चर्चा र बहसको केन्द्र बनेको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ९ : १६ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी