सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप « Khabarhub

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा दुई समुदायबीच भएको हिंसात्मक झडप र प्रहरीको गोलीबारीपछि उत्पन्न तनाव नियन्त्रण गर्न स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। घट्नापछि देवानगञ्ज र हरिनगर क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारीको आदेशानुसार सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रका तोकिएका सीमाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा सभा-बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

आइतबार राति बोलबमका लागि कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ गइरहेका हिन्दु धर्मावलम्बी र अर्को समुदायबीच डिजेको आवाजलाई लिएर विवाद हुँदा झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना गरी २२ जना घाइते भएका छन्।

यसैबीच, घट्नास्थल पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले भीड नियन्त्रणका नाममा सुरक्षाकर्मीले सर्वसाधारणमाथि अत्यधिक र घातक बल प्रयोग गरेको गम्भीर आरोप लगाएका छन्।

“हाम्रा अबोध युवाहरूमाथि ताकी-ताकी गोली हानिएको छ। घाइतेहरूको अवस्था हेर्दा धेरैजसोलाई कम्मरभन्दा माथिल्लो भाग, पेट र ढाडमा गोली लागेको छ,” सांसद थापाले भने, “भीड नियन्त्रण गर्दा घुँडामुनि गोली हान्नुपर्नेमा सर्वसाधारणलाई मार्ने नै नियतले शरीरका संवेदनशील भागमा गोली चलाइएको देखिन्छ।” उनले सरकारको असफलता ढाकछोप गर्न घटनालाई धार्मिक रंग दिन खोजिएको हो कि भन्ने आशङ्का व्यक्त गर्दै प्रशासनलाई थप हिंसा हुन नदिन संयमता अपनाउन आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीले भने स्थिति थप बिग्रन नदिन र सार्वजनिक सुव्यवस्था कायम राख्न कर्फ्यु लगाउनु परेको जनाएको छ। कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कैद तथा जरिवाना हुने चेतावनी दिँदै प्रशासनले सर्वसाधारणलाई घरभित्रै रहन र शान्ति कायम राख्न अपिल गरेको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ८ : ०६ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६