झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग « Khabarhub

झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्‌घाटन भएको छ । 

जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्‌घाटन गरेका थिए ।

नेपालको पूर्वाधार क्षेत्रमा एक दशक लामो समयदेखि चर्चामा रहँदै आएको सो सुरुङमार्ग बनाउने औपचारिक निर्णय भने तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वको सरकारले गरेको थियो । खनालले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट सो निर्णय गरेका थिए । 

मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यकाको सवारी जाम कम गर्न नागढुंगादेखि धादिङको नौबिसे (झ्याप्ले खोला) जोड्ने सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको थियो । जुन निर्णयको पूर्ण कार्यान्वयन १५ वर्षपछि भएको छ।

प्रधानमन्त्री झलनाथ खनालले पदभार ग्रहण गरेकै दिन २०६७ माघ २३ मा सितापाइला धार्के सडकको फाइल सदर गरेका थिए । सोही निर्णयलाई माघ २७ को मन्त्रिपरिषद् बैठकले औपचारिक रूपमा पारित गरेको हो । 

तत्कालीन समयमा यो सुरुङमार्ग २.४ किलोमिटर लामो हुने र यसको लागत करिब ५ करोड अमेरिकी डलर (५० मिलियन डलर) लाग्ने अनुमान गरिएको थियो । सोही वर्ष तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०६८-६९ को बजेटको बुँदा ९१ मा पहिलो पटक यस आयोजनालाई समेटेका थिए ।

सरकारको निर्णयको दुई वर्षपछि सन् २०१३ मार्चमा सडक विभागले यसको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसपश्चात् नेपाल सरकारको अनुरोधमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् २०१३ देखि आफ्नै खर्चमा विस्तृत अध्ययन थालेको थियो । सन् २०१४ मा जाइकाले ‘डाटा कलेक्सन सर्भे’ र सन् २०१५ मार्चमा ‘प्रिपरेटरी सर्भे’ प्रतिवेदन बुझाउँदै आयोजनालाई प्राविधिक र आर्थिक रूपमा सम्भव भएको देखाएको थियो ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठका अवसरमा सन् २०१६ मा जापान सरकारले यस आयोजनाका लागि सहुलियत ऋण दिने घोषणा गर्‍यो  । २०७३ पुसमा मा १६ अर्ब ६३ करोड जापानी येन (करिब १५.२८ अर्ब रुपैयाँ) बराबरको सहुलियत ऋण सम्झौतामा दुवै देशका अधिकारीहरूले हस्ताक्षर गरेका थिए ।

आयोजनाको विस्तृत डिजाइन सन् २०१८ अप्रिलमा तयार भएपछि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेसन निर्माणका लागि चयन भयो । २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २२ अर्ब रुपैयाँको लागत रहने यस आयोजनाको शिलान्यास गरेका थिए । 

कोभिड–१९ को महामारीका बाबजुद निर्माण कार्य जारी रह्यो र सन् २०२४ मा सुरुङको मुख्य ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

२०६७ सालमा निर्णय भएको करिब १५ वर्षपछि सन् सोमबार यो आयोजना पूर्ण सञ्चालनका लागि उद्‌घाटन भएको छ । हाल यो सुरुङमार्ग २.६८८ किलोमिटर लामो रहेको छ । जसमा मुख्य सुरुङका साथै आपत्कालीन उद्धार सुरुङ पनि रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ६ : २४ बजे

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति