सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ « Khabarhub

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार ओसारपसार गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको संयुक्त टोलीले सञ्चालन गरेको ‘कोभर्ट अप्रेसन’ का क्रममा तीन जनालाई पक्राउ गरिएको हो । निकुञ्जले आज जारी गरेको विज्ञप्तिमा सुरक्षा निकाय र कर्मचारीले अप्रेसनका क्रममा साउन ४ गते भरतपुर महानगरपालिका–२६ बाट गोरखाको पालुङ्टार–४ स्थायी घर भई भरतपुर ११ बस्ने ४४ वर्षीय रमेश सुनारलाई पक्राउ गरेको जनाइएको छ ।

संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने अखेटोपहार ओसारपसार गरिरहेको अवस्थामा निजलाई पक्राउ गरी अनुसन्धान गरिएकामा सोही कसुरमा संलग्न रहेको खुल्न आएपछि थप दुई जना पक्राउ परेका विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा भरतपुर–२० का ४२ वर्षीया रेनु भनिने रीता परियार र भरतपुर–२९ का २७ वर्षीय सुभाष लामा रहेका छन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरद्वारा जारी विज्ञप्तिमा निजहरूलाई जिल्ला अदालत चितवनमा प्रतिवादी बनाइ अभियोग दर्ता गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको सजाय माग दाबी गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ९ : १४ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि