अमेरिका र भारतबीच आगामी तीनदेखि चार महिनाभित्र व्यापार सम्झौता हुने सम्भावना « Khabarhub

अमेरिका र भारतबीच आगामी तीनदेखि चार महिनाभित्र व्यापार सम्झौता हुने सम्भावना


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका र भारतबीच बहुप्रतीक्षित द्विपक्षीय व्यापार सम्झौता आगामी तीनदेखि चार महिनाभित्र हस्ताक्षर हुन सक्ने एक उच्च अमेरिकी अधिकारीले बताएका छन् । फिलिपिन्सको मनिलामा भएको आसियान विदेशमन्त्रीहरूको बैठकको साइडलाइनमा नाम नछाप्ने सर्तमा रोयटर्ससँग कुरा गर्दै ती अमेरिकी अधिकारीले दुई देशबीचको अधिकांश वार्ता लगभग पूरा भइसकेको जानकारी दिएका छन्।

उनले सम्झौताका सबै विषयहरू तयार भइसकेको र सम्झौताको कागजात नै तयार रहेको बताएका छन्। दुई देशबीचको आर्थिक सम्बन्धलाई थप गहिरो बनाउन, बजार पहुँच विस्तार गर्न र व्यापारिक अवरोधहरू कम गर्न यो सम्झौताको तयारी गरिएको हो। दुवै देशका बीचमा द्विपक्षीय मुद्दाहरूमा सहमति जुटिसकेको भए पनि अमेरिकातर्फबाट जारी केही व्यापारिक अनुसन्धानहरू बाँकी रहेका कारण सम्झौतामा केही ढिलाइ भएको अधिकारीले स्पष्ट पारेका छन्।

अमेरिकी कानुनको ‘दफा ३०१’ अन्तर्गत अन्यायपूर्ण व्यापार अभ्यासहरूविरुद्ध भइरहेका अनुसन्धानहरू पूरा भएपछि मात्र सम्झौताले अन्तिम रूप पाउनेछ। ती अधिकारीका अनुसार ६० वटा देशहरूसँग सम्बन्धित यस्तै एउटा अनुसन्धान यो साता वा अर्को साताभित्र टुंगिने अपेक्षा गरिएको छ। ती अनुसन्धानहरू सम्पन्न भएपछि भारतलगायत अन्य देशहरूसँगको व्यापारिक प्रगति देखिनेछ।

यसैबीच, अमेरिकाले श्रम शोषणबाट उत्पादित वस्तुहरूको व्यापार नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै भारतलगायत दर्जनौं राष्ट्रहरूमाथि १२.५ प्रतिशतसम्मको नयाँ भन्सार शुल्क प्रस्ताव गरेको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ७ : ३७ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका