विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ « Khabarhub

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस पक्राउ परेका छन्।

बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले नारायणीमा बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको छ।

बुधबार तिब्बततर्फबाट आएको भीषण पहिरोसहितको बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि चितवन प्रहरीले घटनाको अनुसन्धान थालेको थियो।

भिडियोका आधारमा अनुसन्धान गर्दा शवबाट सुनको मुन्द्रा तान्ने कार्यमा संलग्न देखिएका दुई जनालाई बिहीबार भरतपुर महानगरपालिका–१, पोखरा बसपार्कनजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क, सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन्।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको प्रहरीले जनाएको छ।

चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विपद्का बेला पीडित तथा मृतकप्रति गरिने कुनै पनि प्रकारको लुटपाट वा अमानवीय गतिविधि सह्य नहुने बताएका छन्।

यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी दायरामा ल्याउने गरी प्रहरी परिचालन गरिएको उनले बताए।

भोटेकोशी बाढीपछि नारायणी तथा त्रिशूली नदी किनारमा भेटिएका शवको व्यवस्थापन र पहिचानको काम तीव्र रूपमा भइरहेका बेला मृतकको शरीरबाट गरगहना निकाल्ने जस्ता घटनाले पीडित परिवारमा थप पीडा पुर्‍याउने भन्दै प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको हो।

चितवन प्रहरीले विपद्का समयमा लुटपाट, चोरी तथा अन्य अमानवीय गतिविधि भएको जानकारी वा प्रमाण फेला परे तत्काल प्रहरीलाई सूचना दिनसमेत आग्रह गरेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ५ : ५२ बजे

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

‘जीवितहरू भेटेजति उद्धार गरिसक्यौँ, पानी नपरे शव पनि उठाउन थाल्छौँ’

बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको

लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस्

काठमाडौं– रसुवाको लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरूले उद्धार गर्न आग्रह

बाढी पीडितलाई पूर्वप्रधानमन्त्री कार्कीले एक महिनाको पेन्सन दिने

काठमाडौं–  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको