बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ? « Khabarhub

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित कोशी र बागमती प्रदेशका प्रमुख राजमार्ग तथा भित्री सडक खण्ड अवरुद्ध भएका छन्।

तथ्याङ्क अनुसार ललितपुरको कान्तिलोकपथ सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नं. ३ को भट्टेडाँडा, पाङदुर र टाकुर्चमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै खोटाङको हलेसीतुवाचुङ नपा-१ कदुवा (मध्य पहाडी सडक), पाँचथरको तुम्बेवा गा.पा.-२ नावाखोला (तमोर-कोरिडोर) र याङवरक गा.पा.-२ दोभाने खोलामा (मध्यपहाडी लोकमार्ग) बाढी तथा पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प छ।

यसैगरी सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ, उदयपुर र काभ्रे जिल्लाका विभिन्न राजमार्ग तथा सडक खण्डहरूमा बाढी पहिरोको उच्च जोखिम तथा सम्भावित क्षति रोकथामका लागि निश्चित समय (विशेषगरी रातिको समयमा) सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ८ : ०२ बजे

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका