सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु « Khabarhub

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आक्रमणबारे जोर्डनले सिरियाली सरकारसँग समन्वय गरिएको दाबी गरे पनि दमास्कसले त्यसलाई अस्वीकार गरेको छ ।

दाराको स्वास्थ्य निर्देशनालयका प्रमुख खालिद अल–अम्यानका अनुसार मृतकमा तीन बालबालिका, तीन पुरुष र एक महिला छन् । उद्धार टोलीले थप पीडितको खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने उनले बताएका छन् ।

सिरियाली सरकारले आफ्नो सहमतिबिना आक्रमण गरिएको भन्दै आपत्ति जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको र प्रभावितलाई सहायता उपलब्ध गराइरहेको सरकारले जनाएको छ । यसैबीच, सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सिरियाले जोर्डनसँगको नासिब सीमा नाका मङ्गलबार बन्द गर्ने घोषणा गरेको छ । नाका बन्द हुँदा यात्रु तथा व्यावसायिक यातायात दुवै दिशामा रोकिनेछन् ।

मानव अधिकारका लागि सिरियाली अब्जर्भेटरीका अनुसार सोमबार दारा र छिमेकी स्वीडा प्रान्तका विभिन्न स्थानमा हवाई आक्रमण भएका थिए । तीमध्ये अल–मुजायरिब, नासिब र खलखलाह सैन्य विमानस्थल आसपासका क्षेत्र पनि छन् ।

जोर्डनको सरकारी समाचार संस्था पेट्राका अनुसार जोर्डनको सेनाले दक्षिणी सिरियामा आतङ्कवादीहरू लुकेका स्थानलाई लक्षित गरी आक्रमण गरेको हो । सेनाले ‘जोर्डानियन डिटेरेन्स–हमौद’ अभियान सिरियाली सरकारसँगको समन्वयमा सञ्चालन गरिएको दाबी गरेको छ ।

जोर्डनले शुक्रबार काराक प्रान्तमा चर्चको अन्त्येष्टिका क्रममा भएको घातक आक्रमणको जवाफमा कारबाही गरिएको जनाएको छ । उक्त घटनाका जिम्मेवार व्यक्ति दक्षिणी सिरियामा सक्रिय उग्रवादी समूहसँग सम्बन्धित रहेको जोर्डनको आरोप छ ।

सेनाले आक्रमणमा केही शंकास्पद आतंकवादी मारिएको वा घाइते भएको तथा उनीहरूका अखडा र उपकरण नष्ट गरिएको बताए पनि हताहतको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ५ : ४९ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली