काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेपछि भारतीय क्रिकेटर विराट कोहलीले उनलाई बधाई दिएका छन् ।
कोहलीले सामाजिक सञ्जाल एक्समार्फत केनलाई बधाई दिँदै उनको सफलता वर्षौंको मेहनत, इमानदारी र उच्चस्तरको प्रदर्शनको परिणाम भएको बताएका छन् ।
‘साथी ह्यारी, तिमी यो पुरस्कारका पूर्ण हकदार छौ । वर्षौंदेखि उच्चस्तरमा फुटबल खेल्दै आफूलाई सम्हाल्न देखाएको मेहनत र इमानदारीको यो परिणाम हो । तिम्रो सफलतामा म निकै खुसी छु,’ कोहलीले लेखेका छन् ।
जर्मन क्लब बायर्न म्युनिखका ३३ वर्षीय स्ट्राइकर केन सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर जित्ने पहिलो इङ्लिस खेलाडी बनेका छन् । उनी यो उपाधि जित्ने पाँचौँ इङ्लिस खेलाडीसमेत हुन् ।
यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले सन् १९६६ तथा केभिन किगनले सन् १९७८ र १९७९ मा यो उपाधि जितेका थिए । बेलायतका अन्य विजेतामा स्कटल्यान्डका डेनिस ल र उत्तरी आयरल्यान्डका जर्ज बेस्ट पनि छन् ।
यस वर्षको अवार्डमा रियल म्याड्रिड तथा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे दोस्रो र बार्सिलोना तथा स्पेनका स्ट्राइकर लामिन यामल तेस्रो स्थानमा रहेका छन् ।













प्रतिक्रिया