झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अंकले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अंकले घटेर ४७५ दशमलव ४७ मा पुगेको छ ।
त्यस्तै फ्लोट सूचक शून्य दशमलव १० अंकले घटेर १८२ दशमलव ११ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २६ अंकले घटेर १६० दशमलव ६९ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर रु पाँच अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मूल्यमा खरिद बिक्री भएको छ ।
एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’
चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर
तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ?
आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गरे।
स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा
अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान













प्रतिक्रिया