काठमाडौं– अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलका लागि आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न गरेको छ ।
गत जेठ तथा असार महिनामा सञ्चालन गरिएको डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरहरूलाई यस यात्रामा सहभागी गराइएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको उक्त यात्राका क्रममा सहभागी डिलरहरूले मुक्तिनाथ, कागबेनीलगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गरेका थिए ।
कम्पनीले डेनिस भर्टिकल रोलर मिल प्रविधि तथा वेस्ट हिट रिकभरी सिस्टम जस्ता आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन क्षमता र ऊर्जा दक्षता अभिवृद्धि गरेको छ। साथै, धुलो नियन्त्रणका लागि इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर प्रणालीको प्रयोगमार्फत स्वच्छ तथा सुरक्षित कार्य वातावरण कायम गर्न प्रतिबद्ध रहेको छ ।
‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ ले अर्घाखाँची सिमेन्ट र उसका डिलरहरूबीचको व्यावसायिक सहकार्यलाई थप आत्मीय र विश्वासपूर्ण बनाएको कम्पनीको विश्वास छ ।

















प्रतिक्रिया