रास्वपाबाट निकालिएको तीन वर्षपछि ढाकाकुमार हर्कको श्रम संस्कृतितिर « Khabarhub

रास्वपाबाट निकालिएको तीन वर्षपछि ढाकाकुमार हर्कको श्रम संस्कृतितिर


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घुस काण्डमा मुछिएर रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २०७९ चैत २९ गते निष्कासनमा परेका पूर्व संघीय सांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

साधारण सदस्यता खारेज गरेर रास्वपाबाट निकालिएको तीन वर्षपछि उनलाई अध्यक्ष साम्पाङले पार्टीमा भित्र्याएका हुन् ।

दुर्गा प्रसाईंसँगको घुस डिल प्रकरणमा मुछिएपछि उनलाई रास्वपाले साधारण सदस्यबाट निकाल्दै विन्दवासिनी कंसाकारलाई संघीय सांसद बनाउने निर्णय गरेको थियो ।

मन्त्री बन्न रवि लामिछानेको ‘कोर टीम’लाई नगद बुझाउनु पर्ने भन्दै श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड मागेको टेलिफोन संवादको अडियो सार्वजनिक भएको थियो । त्यसपछि रास्वपाले उनलाई निलम्बन गरी छानविन अघि बढाएको थियो । पोखराका उनै श्रेष्ठ अब हर्कको पार्टीतिर लागेका हुन् ।

‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौँ है त,’ साम्पाङले फेसबुकमा लेखेका छन्। रास्वपाबाट निष्कासनमा परेपछि पनि उनी विवादमा परेका थिए ।

त्यसपछि पनि उनको तनाव कम भएन । २०८१ असोजमा उनी लागुऔषध कारोबारको आरोपमा पक्राउ परे ।

पोखरास्थित उनीद्वारा सञ्चालित दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको पाइएपछि प्रहरीले २०८१ भदौ २७ गते पक्राउ गरेको थियो। प्रतिबन्धित औषधि ट्रामाडोल बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी २०८१ असोज १० गते ७५ हजार धरौटी बुझाएर छुटेका थिए।

जिल्ला अदालत कास्कीका न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई उनलाई ७५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसयता गुमनामजस्तै रहेका उनी अब श्रम संस्कृतिमा जोडिएका हुन् । श्रम संस्कृतिका अध्यक्ष साम्पाङ रास्वपा र त्यसको नेतृत्वको कडा आलोचकका रुपमा चिनिएका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ५ : १० बजे

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम– मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२-८३

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ

‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’

जनकपुरधाम– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन

रुसी जोखिमबीच युक्रेनले बेलारुस सीमामा सुरक्षा कडा बनाउँदै

युक्रेन– रुसको सम्भावित सैन्य जोखिमलाई ध्यानमा राख्दै युक्रेनले बेलारुससँग जोडिएको