आजका समाचार : बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण, रवि र बालेनप्रति प्रचण्डको आक्रोश, राष्ट्रियसभामा दुई प्रतिवेदन पेश र क्युबालाई चीनको साथ « Khabarhub

आजका समाचार : बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण, रवि र बालेनप्रति प्रचण्डको आक्रोश, राष्ट्रियसभामा दुई प्रतिवेदन पेश र क्युबालाई चीनको साथ


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रवि र बालेनलक्षित प्रचण्डको टिप्पणी : स्टन्टबाजहरूले घण्टी बजाएर केही हुनेवाला छैन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले सामाजिक सञ्जालमा स्टन्टबाजी गरेको भरमा जनताको दिमाग चाट्ने काम भइरहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अब एकताबद्ध भएरमात्रै स्टन्टबाजहरूलाई रोक्न सकिने पनि उनले बताएका छन् ।

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पुराना सहकर्मीहरूलाई एकतामा आउन आह्वान पनि गरे । ‘अब पनि एक्ला एक्लै हिँडेर केही हुनेवाला छैन । राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन’, उनले भने ।

भ्रष्टाचार मुद्दामा नौ वर्ष जेल सजाय सुनाइएका बद्री न्यौपानेलाई पार्टीमा भित्र्याए प्रचण्डले

संसद् भवन जलाउनेलाई रास्वपाको टिकट, तनुजाको कटाक्ष- राष्ट्रको सम्पत्ति विध्वंश गर्नेको राम्रै मूल्यांकन भएछ

रास्वपाबाट निकालिएको तीन वर्षपछि ढाकाकुमार हर्कको श्रम संस्कृतितिर

‘भिजन–१०’ सहित सुशासन र विकासलाई प्राथमिकता दिएर घोषणा पत्र ल्याउँदै कांग्रेस

बालेनबारे हिक्मत कार्कीको टिप्पणी : राजनीति प्रतिस्पर्धा हो, प्रतिशोध होइन

कांग्रेसको घोषणापत्रमा सुशासन र विकास प्राथमिकतामा राखिने

प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं-तराई मधेश द्रुतमार्गको निरीक्षण
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्ग निरीक्षण गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले मंगलबार द्रुतमार्ग अन्तर्गत खोकना क्षेत्रको समस्या बुझ्दै द्रुतमार्गको अन्य क्षेत्रको समेत निरीक्षण गरेकी हुन् । सो क्रममा प्रधानमन्त्री कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिइन् ।

आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्ने भन्दै उनले जनताको विश्वासमा आघात नपुग्ने गरी विकास निर्माण अघि बढाउनुपर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन् । सो क्रममा प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।

कांग्रेसको घोषणापत्रमा सुशासन र विकास प्राथमिकतामा राखिने

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

राष्ट्रियसभा : निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण
निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ।

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उम्मेदवार निकोलस भुसाललाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको हो।

बालेन शाह झापा–५, महेश बस्नेत भक्तपुर–२, हर्क साम्पाङ सुनसरी–१ र निकोलस भुसाल रूपन्देही–२ बाट उम्मेदवार रहेका छन्।

आयोगका अनुसार उनीहरूले दिएका सार्वजनिक अभिव्यक्ति निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत रहेको भन्दै उजुरी परेको थियो। उजुरीमा उनीहरूबाट घृणात्मक, भ्रामक तथा मानहानि लगायतका अभिव्यक्ति आएको आरोप लगाइएको छ।

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

रसुवा भन्सार : ६ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)


चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई गाडी उपहार दिएको छ । निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडीहरू सिंहदरबारमा जम्मा गरिएका छन्।

गत मंगलबार सिंहदरबारस्थित एक कार्यक्रममा भारतीय दूतावासले नेपाल सरकारलाई ६१ वटा क्याबिन पिकअप भ्यान हस्तान्तरण गरेको थियो ।

त्यसैगरी, हिजो मात्र थप ५४ वटा गाडी सिंहदरबार आइपुगेका छन् । ती गाडीहरू भने औपचारिक रूपमा हस्तान्तरण गर्न बाँकी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन्

स्वास्थ्य बीमाको सही उपयोग गर्न बोर्डको सार्वजनिक अपिल

उधारो अचार खाएर पैसा नतिर्नेहरूको नाम सार्वजनिक गर्छु : शान्ता चौधरी

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

गण्डकीका ३५ सहकारी खारेज

बिरामीका ओछ्यानमै भत्ता लिएर पुगे वडा अध्यक्ष अधिकारी  

अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको वाचा
केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त राज्य अमेरिकाको बारम्बार धम्कीको परिप्रेक्ष्यमा चीनले मङ्गलबार क्युबालाई ‘समर्थन र सहयोग’ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बेइजिङ र हवाना लामो समयदेखि समाजवादी साझेदार रहेका छन् । चिनियाँ अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले दशकौँदेखि टापुमा लगाएको आर्थिक नाकाबन्दी र प्रतिबन्धहरूको लगातार विरोध गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना क्युबालाई ‘पतनका लागि तयार’ हुने चेतावनी दिँदा तनाव थपिएको थियो । ट्रम्पले हवानालाई ‘सम्झौता गर्न’ वा भेनेजुएलाजस्तो मूल्य तिर्नुपर्ने चेतावनी दिएका थिए । भेनेजुएलाको सन्दर्भमा जनवरी ३ मा अमेरिकी बम आक्रमणमा मदुरो पक्राउ परेका थिए र दर्जनौँ मानिसको मृत्यु भएको थियो ।

अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय : युनिसेफ

उत्तर कोरियाको समुद्रतर्फ अज्ञात क्षेपास्त्र प्रक्षेपण

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

म्यान्मामा सेना समर्थित दल विजय : विपक्षी बहिष्कृत

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

ट्रम्पको कर चेतावनीले दक्षिण कोरिया चिन्तित

























प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ७ : ५३ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी