ताकाइची पुरुष–उत्तराधिकारीमै अडिग « Khabarhub

ताकाइची पुरुष–उत्तराधिकारीमै अडिग


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानमा शाही उत्तराधिकारको भविष्यबारे बहस तीव्र बन्दै गइरहेका बेला प्रधानमन्त्री साने ताकाइचीले पुरुष मात्रै सिंहासनमा बस्ने परम्परा परिवर्तन नगर्न स्पष्ट अडान लिएकी छिन् । संसदमा शुक्रबार बोल्दै उनले पुरुष–वंशका पुरुष सन्तानलाई मात्र योग्य ठहर गर्ने हालको व्यवस्थालाई सम्मान गर्ने बताए । हालको कानूनअनुसार शाही परिवारको पुरुष पक्षका पुरुष सन्तान मात्र प्राचीन क्रिसान्थेमम सिंहासनमा आरोहण गर्न सक्छन् ।

६६ वर्षीय सम्राट नारुहितोकी एउटी मात्र छोरी राजकुमारी आइको छिन् । त्यसैले शाही वंश निरन्तरताको आशा अधिराजकुमार अकिशिनोका किशोर छोरा राजकुमार हिसाहितोतर्फ केन्द्रित छ । प्रधानमन्त्री ताकाइचीले सन् २०२१ मा विज्ञहरूको प्यानलले प्रस्तुत गरेको प्रतिवेदन स्मरण गराउँदै ‘शाही वंशका पुरुष–वंशका पुरुष वंशजहरूमा योग्यता सीमित गर्नु उपयुक्त हुन्छ’ भन्ने निष्कर्षलाई सरकारले सम्मान गर्ने बताइन् ।

देशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा उनले ‘सरकार र म स्वयं पनि उक्त प्रतिवेदनलाई सम्मान गर्छौं’ भनिन् । यसअघि उनले शाही उत्तराधिकारसम्बन्धी नियम संशोधन ‘जरुरी विषय’ भएको सङ्केत गरेकी थिइन् । तर, सम्भावित समाधानका रूपमा टाढाका पुरुष आफन्तलाई पुनः शाही परिवारमा ‘गोद लिएर’ ल्याउने विकल्पसमेत विचार गर्न सकिने बताएकी थिइन् ।

परम्पराअनुसार करिब दुई हजार ६०० वर्ष पुरानो मानिने जापानको राजवंश (शाही वंशपरम्परा) पुरुष सन्तानमार्फत मात्रै अघि बढ्नुपर्ने विश्वास छ । यद्यपि विभिन्न जनमत सर्वेक्षणहरूले महिलालाई पनि सिंहासनको अधिकार दिनुपर्छ भन्ने पक्षमा उच्च समर्थन देखाएका छन् । जापानमा शाही उत्तराधिकारबारे दशकौँदेखि बहस चल्दै आएको छ ।

सन् २००५ मा एक सरकारी प्यानलले लिङ्गको आधारमा भेद नगरी जेठो सन्तानलाई उत्तराधिकारी बनाउने सिफारिस गरेको थियो, जसले राजकुमारी आइकोका लागि मार्ग खोल्ने सम्भावना देखिएको थियो । तर सन् २००६ मा राजकुमार हिसाहितो जन्मिएपछि त्यो बहस शिथिल बनेको थियो । सन् २०२१ मा नियुक्त अर्को विशेषज्ञ प्यानलले शाही परिवारमा टाढाका पुरुष आफन्तलाई पुनः समावेश गर्ने विषयमा विचार गर्न सुझाव दिएको थियो ।

तर त्यस्ता व्यक्तिहरूले व्यक्तिगत जीवन र करियर त्यागेर शाही दायित्व स्वीकार गर्न तयार हुने–नहुने स्पष्ट छैन । प्यानलले विवाहपछि परिवार छोड्न बाध्य हुने शाही छोरीहरूलाई विवाहपछि पनि सार्वजनिक कर्तव्य निरन्तरता दिन अनुमति दिन सकिने सुझावसमेत दिएको थियो । परम्परावादीहरूका अनुसार पुरुष सन्तानबाट टुट्न नदिई कायम राखिएको शाही वंशपरम्परा नै जापानको राष्ट्रिय पहिचान र स्थायित्वको आधार हो ।

उनीहरूका अनुसार ठूला परिवर्तनले समाजमा विभाजन निम्त्याउन सक्छ । युद्धपछिको संविधानअनुसार शाही परिवारसँग कुनै राजनीतिक अधिकार छैन, तर साङ्केतिक भूमिकामा उनीहरूको महत्त्व कायम छ । ऐतिहासिक रूपमा शाही परिवारमा विवाह गर्ने महिलाहरूले छोरा जन्माउने तीव्र सामाजिक दबाब सामना गर्नुपरेको चर्चा हुँदै आएको छ ।

सम्राट नारुहितोकी पत्नी महारानी मासाको, जो पूर्व कूटनीतिज्ञ हुन्, दरबार प्रवेशपछि वर्षौंसम्म तनावसम्बन्धी स्वास्थ्य समस्याबाट गुज्रिएकी थिइन् । सम्राटकी आमा महारानी एमेरिटा मिचिको पनि यस्तै प्रकारका स्वास्थ्य समस्याबाट प्रभावित भएकी थिइन् । राजकुमार हिसाहितोकी दिदी माकोले आफ्नो विश्वविद्यालयकालीन साथी केई कोमुरोसँग विवाह गर्दा पनि तीव्र मिडिया निगरानी र ट्याब्लोइड रिपोर्टिङको सामना गर्नुपरेको थियो ।

कोमुरो परिवारको आर्थिक अवस्थाबारे उठेका प्रश्नले विवाद चुलिएको थियो । त्यसक्रममा पूर्वराजकुमारी माको जटिल पोस्ट–ट्राउमेटिक स्ट्रेस डिसअर्डरबाट प्रभावित भएको बताइएको थियो । विवाहपछि दम्पती संयुक्त राज्य अमेरिका सरेका थिए, जहाँ उनीहरूले सन्तान जन्माएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : ०९ बजे

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले