‘संवैधानिक प्रक्रियालाई सही ठाउँमा ल्याउन आगामी निर्वाचन महत्त्वपूर्ण’ « Khabarhub

‘संवैधानिक प्रक्रियालाई सही ठाउँमा ल्याउन आगामी निर्वाचन महत्त्वपूर्ण’


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेलले लिगबाट बाहिर रहेको संवैधानिक प्रक्रियालाई सही ठाउँमा ल्याउन आगामी निर्वाचन निकै महत्त्वपूर्ण रहेको बताएका छन् । 

शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा आयोजित कार्यक्रममा पोखरेलले अहिले मुलुकको लोकतान्त्रिक प्रक्रिया, संवैधानिक प्रक्रिया लिगबाट बाहिर रहेकाले त्यसलाई सही ठाउँमा ल्याउनुपर्ने आवश्यकता रहेको भन्दै निर्वाचनलाई सही परिणाम दिने अवसरको रुपमा परिणत गर्नुपर्ने बताएका हुन् । 

उनले आगामी निर्वाचनमा सहभागी भएर मुलुक रूपान्तरणको अभियानमा साथ दिन समेत आह्वान गरे ।

देशभन्दा ठूलो कुरा अरू केही हुन नसक्ने भन्दै पोखरेलले हित विपरीत भइरहेका गतिविधिविरुद्ध देशभक्तहरू एकठाउमा गोलबन्द हुनुपर्ने आवश्यकता रहेको धारणा राखे ।

अहिलेको निर्वाचन देश बनाउने र देश बिगार्नेबीचको जनमत सङ्ग्रह भएकाले देश बनाउने पक्षलाई जनताले साथ लिने उनको विश्वास छ । 

कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा मोबाइल चुनाव चिन्ह लिएर उम्मेदवारी दिएकी कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै पोखरेललाई समर्थन गरेको घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ६ : २३ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष