निर्वाचनको मत परिणामको नजिता छिटो सार्वजनिक गर्नेगरि तयारी गरेका छौँ : आयोग « Khabarhub

निर्वाचनको मत परिणामको नजिता छिटो सार्वजनिक गर्नेगरि तयारी गरेका छौँ : आयोग


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको मत परिणामको नजिता छिटो सार्वजनिक गर्नेगरि तयारी गरेको जनाएको छ ।  

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदान सकिएपछि छिटो मतपेटिका संकलन गर्ने र मतदान भएकै दिन साँझबाट मतगणना सुरु गरिने जानकारी दिए । 

उनले मतदानको अघिल्लो दिन आवश्यक व्यवस्थापन गरेर राजनीतिक दलहरूसँग समन्वय गर्दै मतदान भएकै दिन साँझबाट मतगणना सुरु गर्ने आयोगको तयारी रहेको बताए ।

मतपेटिका सङ्कलनको समय घटाउने, बेलुकीबाट मतगणना गर्ने र मतगणनाको छिटो छरितो बनाइने गरी तयारी गरिएको उनको भनाइ छ ।

प्रवक्ता भट्टराईले निर्वाचनको तयारीका लागि उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेर सीमा बन्द, मदिरा बेचबिखनमा रोक लगायतका निर्णय भइसकेको जानकारी दिए ।

निर्वाचनका लागि देशभरिको सुरक्षा अवस्था सन्तोषजनक रहेको आयोगको निष्कर्ष रहेको उनको भनाइ छ । निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरूले खाता खोल्ने क्रम पनि जारी रहेको भन्दै प्रवक्ता भट्टराईले खाता नखोल्ने र जथाभाबी खर्च गर्नेहरूका लागि आयोगले आवश्यक निर्णय गर्ने धारणा राखे ।

हालसम्म ११ दलले मात्र चुनावी प्रयोजनका लागि खाता खोलेको आयोगले जनाएको छ । आयोगले निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको जानकारी पनि दिएको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ६ : ५३ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष