सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछ : गृहमन्त्री अर्याल « Khabarhub

सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछ : गृहमन्त्री अर्याल


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाएका छन् । आज रौतहट सदरमुकाम गौरमा जिल्लाको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिँदै उनले यो सरकार निर्वाचन गराउने लक्ष्यसहित आएको बताए।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षाको अवस्था बुझ्न रौतहट आएका उनले सरकारले भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरेकाले मतदान प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे ।

गृहमन्त्री अर्यालले निर्वाचनमा शान्तिसुरक्षाको प्रभावकारी व्यवस्था गरिएकाले फागुन २१ गते मतदान प्रक्रियामा सहभागी भएर सरकारलाई सहयोग गर्न आम मतदातालाई आग्रह गरे । उनले राजनीतिक अधिकार प्रयोग गर्न सहज वातावरण निर्माण गरिने बताउँदै कानुन विपरीत काम गर्नेलाई कुनै छुट नदिने स्पष्ट पारे ।

रौतहटका सुरक्षा अधिकारीलाई निर्देशन दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले भने, ‘हामी सहजकर्ताको भूमिकामा छौँ । तर गलत गर्ने, कानुन मिच्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने र आवश्यक कारबाही गर्नेछौँ ।’ निर्वाचन आयोगको आचारसंहिताअनुसार निर्वाचनसम्बन्धी कसुर गरेमा कारबाही हुने स्पष्ट व्यवस्था रहेको उनले जानकारी दिए ।

गृहमन्त्री अर्यालले केही समूहले अनावश्यक आशङ्का र अफवाह फैलाउने प्रयास गरे पनि त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गरे । उनले भने, ‘सरकार र आयोगको तयारी स्पष्ट र प्रभावकारी छ, निर्वाचन निर्धारित मितिमा शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ ।’ देश पूरै निर्वाचनमा होमिइसकेको हुँदा अब निर्वाचन हुँदैन कि भन्नेमा कुनै शङ्का नरहेको गृहमन्त्री अर्यालले प्रष्ट पारे  । 

यसअघि प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रौतहटमा समग्र रूपमा सुरक्षाको सम्पूर्ण तयारी भएको जानकारी गराए ।   

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : ४० बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी