दोस्रो प्रयासमा अर्थ मन्त्रालय सम्हाल्दै स्वर्णिम वाग्ले « Khabarhub

दोस्रो प्रयासमा अर्थ मन्त्रालय सम्हाल्दै स्वर्णिम वाग्ले


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाह (बालेन) देशको बिग्रँदो आर्थिक अवस्था सम्हाल्ने जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिएका छन् । वाग्लेले अर्थमन्त्रालय सम्हाल्दैछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. वाग्ले दोस्रोपटक तनहुँ–१ बाट संसदमा पुगेसँगै अर्थमन्त्री बन्ने भएका हुन् ।

गोरखाको सहिद लखन गाउँपालिका–८ मा १६ जेठ २०३१ मा जन्मेका वाग्लेले उच्च माध्यमिक तहसम्मको अध्ययन बूढानीलकण्ठ स्कूलबाट गरेका थिए ।

२०४६ को एसएलसी परीक्षामा उनी नेपालभर दोस्रो (बोर्ड सेकन्ड) भएका थिए । वाग्लेले अष्ट्रेलियन नेसनल युनिर्भसिटी, अष्ट्रेलियबाट विकास अर्थशास्त्रमा विधावारिधी गरेका छन् ।

यसैगरी हार्भड युनिर्भसिटी, अमेरिकाबाट अन्तराष्ट्रिय विकास र सार्वजनिक नीतिमा स्नाकोत्तर र बेलायतको लण्डन स्कूल अफ इकोनमिक्सबाट अर्थशास्त्रमा स्नातक अध्ययन गरेका छन ।

उनी २०७७ देखि २०७९ सम्म राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकारमा कार्यरत थिए । त्यसअघि उनले ३ वर्ष राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष पनि बने ।

अन्तराष्ट्रिय विकास अर्थशास्त्रीका रुपमा समेत चिनिएका उनी नेपाल फर्कनुअघि विश्व बैंकको बरिष्ठ अर्थशास्त्री समेत रहिसकेका थिए ।

वाग्ले हाल काठमाडौं विश्वविद्यालयको सिनेट सदस्य एवम् सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस) का अध्यक्ष छन् ।

२०४६ सालदेखि कांग्रेसमा आबद्ध रहेका वाग्ले २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचन उम्मेदवार भई सांसद बने ।

२०८२ को प्रतिनिधिसभा सदस्यमा पनि रास्वपबाट तनहुँ–१ बाट उम्मेदवारी दिएर उनी विजयी बने । उनले ३८ हजार ४० मत प्राप्त गरे भने उनलाई पछ्छाउँदै आएका कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई (पानी मान्छे) १६ हजार २ सय ३१ मत प्राप्त गरेका थिए ।

यस्तै, २०८० मा भएको तनहुँ–१ को उपनिर्वाचनमा वाग्लेले ३४ हजार ९१९ मत ल्याएका थिए । त्यतिबेला पनि उनको प्रतिस्पर्धा उनै कांग्रेसका उम्मेदवार भट्टराईसँगै थियो ।

भट्टराईले उपनिर्वाचनमा २० हजार १२२ मत ल्याएका थिए । वाग्लेले आफ्ना निकटतम प्रतिस्पर्धी भट्टराईलाई करिब १४ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।

२०४६ को जनआन्दोलनमा सहभागी भइ राजनीतिक यात्रा औपचारिक रुपमा काँग्रेसबाट सुरु गरेका डा. वाग्ले कांग्रेसको पूर्वमहासमिति सदस्य थिए ।

२०७९ र २०७४ को आम निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्नेदेखि आर्थिक नीति, योजना, कार्यक्रम र वैचारिक विमर्शहरूमा उनको नेतृत्वदायी भूमिका रहेको बताइन्छ । उनी २०७९ मै अर्थमन्त्रीको दौडमा थिए तर पार्टीको अवस्था कमजोर हुँदा अवसर पाएनन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १२ : ०१ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन