बालेन्द्रलाई महेश बस्नेतको बधाई, भने : जिम्मेवारी प्रमाणित गर्नुस् « Khabarhub

बालेन्द्रलाई महेश बस्नेतको बधाई, भने : जिम्मेवारी प्रमाणित गर्नुस्


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले नवगठित सरकारका प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद् टोलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

बस्नेतले युवा नेतृत्वको आगमनलाई स्वागतयोग्य बताउँदै वर्तमान मन्त्रिमण्डल आशा र परीक्षा दुवै भएको उल्लेख गरेका छन्।

उनले देशले दिएको अवसरलाई जिम्मेवारीपूर्वक उपयोग गर्दै काममार्फत आफूलाई प्रमाणित गर्न सरकारलाई आग्रह गरेका छन्।

अवसरसँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर हुने भएकाले अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर्दै सावधानीपूर्वक अघि बढ्न आवश्यक रहेको उनले बताएका छन्। स्थिरता, विकास र समृद्धिको जनताको एजेन्डा पूरा गर्न यो टोलीले ठोस परिणाम दिनुपर्ने उनले बताएका छन्।

बस्नेतले सत्ता अवसर नभई उत्तरदायित्व भएको स्मरण गराउँदै संयमता र दृढतासाथ सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए।

यसका साथै, अनुभव र ऊर्जाको समन्वय गर्दै सबै पक्षसँग सहकार्य गर्न सके मात्रै जनताको भरोसा अझ बलियो हुने उनको भनाइ छ।

उनले सकारात्मक निर्णय र पहलका लागि आफ्नो पार्टी सहयोगी भूमिकामा रहने प्रतिबद्धता जनाउँदै सरकारलाई पुनः शुभकामना दिएका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १ : ४१ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन