डीपीलाई सभामुख र कवीन्द्रलाई प्रमुख सचेतक बनाउँदै रास्वपा « Khabarhub

डीपीलाई सभामुख र कवीन्द्रलाई प्रमुख सचेतक बनाउँदै रास्वपा



काठमाडौं- बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले अझै केही मन्त्रालय टुङ्ग्याउन बाँकी छ । अमरेशकुमार सिंहले अस्वीकार गरेपछि उद्योग मन्त्रालयको जिम्मा कुनै व्यक्तिलाई तयारी गरिएको छ । प्रधानमन्त्री बालेन्द्रले सम्हालेका अरु केही मन्त्रालयमा पनि मन्त्रीहरु नियुक्त हुन बाँकी रहेको बताइन्छ ।

रास्वपाले सभामुख र प्रमुख सचेतक भने टुङ्ग्याएको छैन । पार्टीले सभामुखमा उपसभापति डोलप्रसाद डीपी अर्याल र प्रमुख सचेतकमा कवीन्द्र बुर्लाकोटीलाई अघि सार्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सभामुखमा अर्याल र प्रमुख सचेतकमा बुर्लाकोटीलाई पठाउने निर्णय गरेको पार्टी स्रोतले जानकारी गराएको छ । अर्याल र बुर्लाकोटीलाई दुई पद दिन नेताहरुले सहमति गरिसकेको बालेनको सचिवालयले जानकारी दिएको छ ।

बुर्लाकोटी अर्याल सभापति रवि निकट नेता हुन् । उनीहरु पार्टी स्थापनाकालदेखि नै पार्टीमा खटिएका नेता हुन् । प्रमुख सचेतकमा बुर्लाकोटीलाई पठाउँदा सचेतकमा भने महिलालाई पठाउने तयारी गरेको देखिन्छ । महिला सचेतकका लागि डा. तोसिमा कार्की या पूर्वसचेतक निशा डाँगी नै पर्न सक्ने सम्भावना रहेको छ ।

‘उपसभापतिलाई सभामुखमा पठाउने र महामन्त्रीलाई प्रमुख सचेतक बनाउने निश्चित भएको छ ।’ पार्टीका एक शीर्षस्थ नेताले भने, ‘सचेतकमा भने एक जना महिला अनुहार पठाउने तयारी गरेका छौँ ।’

अर्याल ०७९ को निर्वाचनमा समानुपातिक सूचीबाट सांसद भएका थिए । यस पटक भने उनी काठमाडौं-९ बाट निर्वाचन जितेका थिए । बुर्लाकोटी महामन्त्री मुकुल ढकाले पार्टी छाडेपछि महामन्त्री बनेका हुन् ।

बुर्लाकोटीले व्यवस्थापकीय जिम्मेवारी र महामन्त्री पदमा रहँदा समन्वयकारी भूमिका खेलेको पार्टीभित्र विश्लेषण हुने गरेको छ । कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्ति बुर्लाकोटीमा नरहेका कारण उनी प्रमुख सचेतक बन्नु पार्टीका लागि ठूलो उपलब्धि हुने नेताहरू बताउँछन् ।

यस्तै पार्टीका उपसभापति अर्याल पनि समन्वयकारी र राजनीतिक चेत भएका व्यक्ति भएकाले सभामुख पदलाई निभाउनसक्ने पार्टीमा विश्लेषण हुने गरेको छ । कानुनका विद्यार्थी नरहे पनि उनले सभामुख पदलाई कुशलतापूर्वक निर्वाह गर्न सक्ने क्षमता भएको व्यक्ति भएको नेता शिशिर खनाल बताउँछन् । अर्यालले पदको ओज राख्ने गरी काम गर्ने भएकाले सभामुख बनाउँदा पार्टीलाई घाटा नहुने परराष्ट्रमन्त्री भएका खनालले बताए ।

‘सभामुख भनेको समन्वयकारी व्यक्ति हुनुपर्छ । हाम्रो उपसभापति समन्वयकारी व्यक्ति हो । उहाँले आफ्नो क्षमता प्रयोग गरेर सभामुखको जिम्मेवारी निर्वाह गर्न सक्नुहुन्छ ।’ खनालले भने, ‘विगतमा पनि उहाँको संसदीय अभ्यास भएकाले सभामुखका लागि उहाँ उपयुक्त पात्र हो ।’

यसअगाडि सभामुखका लागि कानुनमन्त्रीको जिम्मेवारी सम्हालेकी सोबिता गौतमको पनि चर्चा थियो । तर, गौतमको राजनीति गर्ने उमेर अझ ४० वर्ष रहेको र उनको परिपक्वता र समन्वय क्षमतामा आशङ्का गर्ने ठाउँ रहेकाले सभामुख भारी पर्ने विश्लेषण रवि र बालेनले गरेका थिए ।

सुरुमा गृहमन्त्रालय दाबी गरेका डीपीलाई बालेन र रविले सल्लाहमै सभामुख बनाउन लागेको नेताहरू बताउँछन् । डिपीले यसपाली पनि गृह मन्त्रालयमा दाबी गरेपनि उनले नपाउने अवस्था आएपछि सभामुखमा पठाउन लागिएको हो । गृहमन्त्रीमा बालेन र रवि मिलाउन सक्रिय भूमिका खेल्ने सुदन गुरुङले अवसर पाएका छन् ।

संसद्‌को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार संसद् सचिवालय सभामुख र उपसभामुखको निर्वाचनको तयारीमा जुटेको छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र चयन गर्नुपर्ने प्रावधान छ ।

को हुन डिपी ?

डीपी राष्ट्रिय स्वतन्त्र पार्टीमा स्थापनाकालदेखि जोडिएर उपसभापति बनेका नेता हुन् । २०७९ को निर्वाचनमा समानुपातिक सांसद भएर प्रचण्ड र ओलीको सरकारमा श्रममन्त्री बनेका थिए ।

धादिङमा जन्मेका उनी पर्यटन, वैदेशिक रोजगारी र उद्योग क्षेत्रमा काम गरेका व्यक्ति हुन् । २०३२ सालमा जन्मिएका अर्याल  रोजगारीका लागि काठमाडौँ प्रवेश गरेर रेस्टुरेन्टमा सामान्य मजदुरको रूपमा कार्यरत थिए ।

२०५३ सालमा वैदेशिक रोजगारका लागि जापान पुगेका हुने आठ वर्ष काम गरेर नेपाल आएर वैदेशिक क्षेत्रमा समेत काम गर्दै आएका थिए ।

को हुन् कवीन्द्र बुर्लाकोटी ?

कवीन्द्र बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सहममन्त्री हुन् । करिब तीन वर्ष अगाडि महामन्त्री मुकुल ढकाललाई पार्टीले निष्कासन गरेदेखि उनले महामन्त्री पद सम्हालेका छन् । २०७९ को निर्वाचनमा गोरखाबाट प्रचण्डसँग हारेका उनी यस पटक निर्वाचित भए ।

पार्टीमा समन्वयकारी र व्यवस्थापिका भूमिका खेल्ने उनी सभापति रवि लामिछाने निकट नेता हुन् । ४६ वर्षीय बुर्लाकोटी पार्टीको संगठन विभाग प्रमुख समेत छन् ।

२०७९ को निर्वाचनपछि पार्टीले प्रमुख सचेतक सन्तोष परियारलाई बनाएको थियो । अहिले उनी पार्टीमा छैनन् । नेताहरू बुर्लाकोटीले प्रमुख सचेतकको भूमिकालाई निभाउन सक्ने क्षमता राख्ने दाबी गर्छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ७ : ०७ बजे

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण