पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा « Khabarhub

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन गरी बचतकर्ताको रकम फिर्ता नगरेपछि बनेपा नगरपालिका–७ स्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । 

एक सय तीन बचतकर्ताद्वारा सहकारीका १७ सञ्चालकलगायत सम्बद्ध विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काभ्रेपलाञ्चोकमार्फत जिल्ला अदालत धुलिखेलमा सहकारी ठगी अभियोगमा मुद्दा दर्ता गरिएको हो । 

बचतकर्ताको जम्मा रकम फिर्ता नगरेपछि पीडितहरूले दिएको किटानी जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकले अभियोग दर्ता गराएको जनाइएको छ ।

जिल्ला न्यायाधिवक्ता टीकाभुषण घिमिरेका अनुसार दर्ता मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भई पीडितको बचत रकम फिर्ता गराउन अभियोगमा माग गरिएको छ । आरोपित भने सबै फरार छन् । सहकारी ठगी अभियोगमा सहकारीका सञ्चालक समिति, कर्मचारी तथा पूर्वअध्यक्षहरूसमेत गरी १७ जना संलग्न भएको उल्लेख गरिएको छ ।

अभियोग दर्तामा सहकारीका अध्यक्ष भुम्लु गाउँपालिका घर भई बनेपा बस्ने ४३ वर्षीय पानबहादुर श्रेष्ठ, उपाध्यक्ष पनौती नपा–७ की ५१ वर्षीया विन्देश्वरी कायस्थ मधिकर्मी, प्रबन्ध निर्देशक एवं व्यवस्थापक भक्तपुर सूर्यविनायक नपा–८ का ३९ वर्षीय राजाराम सकुपायो, सञ्चालकहरू भक्तपुर सुर्यविनायक–८ कै ३९ वर्षीया लक्ष्मीकुमारी श्रेष्ठ, सिन्धुपाल्चोकका ३२ वर्षीय रुकेश श्रेष्ठ लेखाप्रमुख भक्तपुर सिपाडोल निवासी ३५ वर्षीया प्रमिला मानन्धर रहेका छन् ।

यस्तै ऋण अधिकृत बनेपा–९ का ३६ वर्षीय रामसुन्दर बस्नेत, सञ्चालकहरू बनेपा–४ का ४० वर्षीय जयगोपाल श्रेष्ठ, खानीखोला गाउँपालिका–६ का ४१ वर्षीय कृष्णप्रसाद घिमिरे र बनेपा–४८ का ३३ वर्षीय मनिष श्रेष्ठ, बजार अधिकृत बनेपा–७ का ३५ वर्षीय प्रदीप शाहीलगायत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले भने सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई प्रहरीले आफूले लिएको ऋण तिर्न अनुरोध गर्दै आएको छ ।

प्रहरीले हालैमात्र उक्त पशुपति सहकारी बनेपा नपा–७ स्थित मुकुल बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिई नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याउनेसमेत चेतावनी दिएको थियो ।

जिल्लामा सञ्चालित करिब एक दर्जन सहकारीका सञ्चालकले हालसम्म बचतकर्ताको बचत रकम ठगी गरेको भन्दै प्रहरीकोमा उजुरी परेको छ ।

उजुरीमध्ये सहकारीको रकम अपचलन अभियोग लागेका २६ जना पक्राउ परेको जनाइएको छ । अभियोग लागेकामध्ये ६७ जना सहकारी सञ्चालक अझै फरारको सूचीमा रहेको प्रहरीले जनाएको छ ।  रासस

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ७ : ३७ बजे

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब