दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा « Khabarhub

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने सडक एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । 

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा अब २०० मिटर लम्बाइमा मात्र सडक ढलानको काम गर्न बाँकी रहेको छ । २०० मिटर ढलानको काम सकिएपछि एकतर्फी ढलानले सडक जोडिनेछ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा दाउन्नेको लम्बाइ तीन दशमलव नौ किलोमिटर पर्दछ । जसमध्ये अब २०० मिटर सडक ढलानको काम सकिँदा एकतर्फी काम सकिनेछ । 

उक्त कार्य अब चाँडै सकिने सूचना अधिकारी खनालले बताए । एकतर्फी ढलानको काम सकिएपछि यात्रा गर्न सहज हुने उनको भनाइ छ ।

अहिले दाउन्नेको पूर्वी खण्डमा करिब ३३ मिटर लम्बाइको ढलानयुक्त बाटोबाट सवारी कुदिरहेका छन् । करिब ४०० मिटरको ढलान सकिएको क्षेत्रमा अहिले सवारी सञ्चालन गरिएको छैन । वर्षाअघि नै दाउन्नेको पूर्व खण्डमा ढलानयुक्त सडकले जोडेर यात्रा सहज बनाउने गरी काम भइरहेको उनले बताए ।

सूचना अधिकारी खनालका अनुसार नवलपरासी पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये हाल करिब सात मिटरमा मात्र कच्ची सडकको यात्रा गर्नुपर्ने अवस्था रहेको छ । अन्य सबै क्षेत्रमा कालोपत्रे र पक्की सडकमा यात्रा गर्न सकिने भएको छ । पूर्वी खण्डमा हालको भौतिक प्रगति ८१ प्रतिशत पुगेको सूचना अधिकारी खनालले बताए ।

दाउन्नेको पश्चिम खण्डमा दश किलोमिटर क्षेत्र पर्दछ । जसमा तीन किलोमिटरमा एक चरणको कालोपत्रे सकिएको छ । सात किलोमिटर ढलान गर्नुपर्नेमा अहिले करिब दुई हजार ७०० मिटर ढलानको काम बाँकी रहेको छ । यस क्षेत्रमा तीन स्थानमा कल्भर्ट निर्माणको काम पनि चलिरहेको छ । 

आयोजनाका पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालका अनुसार यस क्षेत्रमा पहिरो नियन्त्रणका काम भइरहेको छ ।

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । 

नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक थपिएको म्यादमा अघि बढिरहेको छ ।

एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ ।

११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ/छ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ । रासस

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ११ : ०८ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान