दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा « Khabarhub

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने सडक एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । 

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा अब २०० मिटर लम्बाइमा मात्र सडक ढलानको काम गर्न बाँकी रहेको छ । २०० मिटर ढलानको काम सकिएपछि एकतर्फी ढलानले सडक जोडिनेछ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा दाउन्नेको लम्बाइ तीन दशमलव नौ किलोमिटर पर्दछ । जसमध्ये अब २०० मिटर सडक ढलानको काम सकिँदा एकतर्फी काम सकिनेछ । 

उक्त कार्य अब चाँडै सकिने सूचना अधिकारी खनालले बताए । एकतर्फी ढलानको काम सकिएपछि यात्रा गर्न सहज हुने उनको भनाइ छ ।

अहिले दाउन्नेको पूर्वी खण्डमा करिब ३३ मिटर लम्बाइको ढलानयुक्त बाटोबाट सवारी कुदिरहेका छन् । करिब ४०० मिटरको ढलान सकिएको क्षेत्रमा अहिले सवारी सञ्चालन गरिएको छैन । वर्षाअघि नै दाउन्नेको पूर्व खण्डमा ढलानयुक्त सडकले जोडेर यात्रा सहज बनाउने गरी काम भइरहेको उनले बताए ।

सूचना अधिकारी खनालका अनुसार नवलपरासी पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये हाल करिब सात मिटरमा मात्र कच्ची सडकको यात्रा गर्नुपर्ने अवस्था रहेको छ । अन्य सबै क्षेत्रमा कालोपत्रे र पक्की सडकमा यात्रा गर्न सकिने भएको छ । पूर्वी खण्डमा हालको भौतिक प्रगति ८१ प्रतिशत पुगेको सूचना अधिकारी खनालले बताए ।

दाउन्नेको पश्चिम खण्डमा दश किलोमिटर क्षेत्र पर्दछ । जसमा तीन किलोमिटरमा एक चरणको कालोपत्रे सकिएको छ । सात किलोमिटर ढलान गर्नुपर्नेमा अहिले करिब दुई हजार ७०० मिटर ढलानको काम बाँकी रहेको छ । यस क्षेत्रमा तीन स्थानमा कल्भर्ट निर्माणको काम पनि चलिरहेको छ । 

आयोजनाका पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालका अनुसार यस क्षेत्रमा पहिरो नियन्त्रणका काम भइरहेको छ ।

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । 

नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक थपिएको म्यादमा अघि बढिरहेको छ ।

एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ ।

११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ/छ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ । रासस

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ११ : ०८ बजे

विद्यार्थी सङ्गठन खारेजीविरुद्ध सडकमा विद्यार्थी स्वस्ति शान्ति (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी सङ्गठनले आज पाटन संयुक्त क्याम्पसमा शङ्खघोष र

झन् गिजोलियो दिनेशको आर्थिक लेनदेन, ‘अपुष्ट लिस्ट’को भरमा सेलिब्रेटीको उछितो

काठमाडौं – मिडिया सञ्चालक तथा फिल्म मिडियाको-ओर्डिनेटर स्वर्गीय दिनेश सिटौलाको

खोप लगाउन छुटेका बालबालिकाको लागि ‘खोज र खोप’ अभियान

काठमाडौं– सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र

सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुहुँदैन : महामन्त्री पौडेल

पाटन– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको

वडाले दियो २८ कृषकलाई हाते ट्याक्टर 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडानम्बर-६ का कृषकलाई हाते ट्याक्टर वितरण