सुर्खेतमा सम्पन्न भयो चौथो कर्णाली चलचित्र कार्यशाला  « Khabarhub

सुर्खेतमा सम्पन्न भयो चौथो कर्णाली चलचित्र कार्यशाला 


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत ६ दिनदेखि सञ्चालन भइरहेको ‘चौथो कर्णाली चलचित्र कार्यशाला–२०८३’ एक विशेष समारोहका बीच समापन भएको छ ।

केवी इन्टरटेनमेन्ट प्रा लिको आयोजनामा भएको उक्त कार्यशालाको समापन गर्दै सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।

समापन समारोहका प्रमुख अतिथि एवं चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै कर्णालीको मौलिकता र यहाँको भूगोल आफैँमा एक चलचित्र भएको बताए । 

उनले भने, ‘अब कर्णालीको कथा अरूले होइन, यहीँका दक्ष प्राविधिकहरूले खिच्नुपर्छ र लेख्नुपर्छ । यो कार्यशालाले बोर्डको उद्देश्य अनुसार नै स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।’ उनले सिकेको सीपलाई व्यवहारमा उतार्न र सिर्जनशील काममा लाग्न सहभागीहरूलाई आग्रहसमेत गरे ।

यसपटकको कार्यशाला विशेष गरी स्कृप्ट लेखन र छायांकन (सिनेमाटोग्राफी) विधामा केन्द्रित थियो । ६ दिनसम्म वरिष्ठ निर्देशक शिवम अधिकारी र छायांकार निरज कँडेलबाट प्राप्त प्रशिक्षणले विद्यार्थीहरूमा ठूलो उत्साह थपेको छ । सहभागी प्रशिक्षार्थीहरूले केवल सैद्धान्तिक ज्ञान मात्र नभई, क्यामेरा चलाउने र कथा बुन्ने प्रयोगात्मक अभ्याससमेत गरेका थिए ।

समापनका अवसरमा बोल्दै प्रशिक्षार्थीहरूले कार्यशाला अघिको तुलनामा आफूहरूमा प्राविधिक दृष्टिकोणले धेरै परिवर्तन आएको र चलचित्र निर्माण प्रक्रियालाई नजिकबाट बुझ्ने अवसर पाएको अनुभव सुनाए ।

आयोजक संस्थाका अध्यक्ष भुपेन्द्र खड्काले कार्यशालाको उद्देश्य सफल भएको बताउँदै कर्णालीका प्रतिभाहरूलाई राष्ट्रिय मूलधारमा जोड्न यस्ता अभियान जारी रहने प्रतिबद्धता जनाए । 

खड्काले भने, ‘हामीले जुन लक्ष्य राखेर यो चौथो संस्करण सुरु गरेका थियौँ, विद्यार्थीहरूको सक्रियता र सिकाइ प्रतिको भोकले हामीलाई थप उत्साहित बनाएको छ । कर्णाली अब छायांकनका लागि लोकेसन मात्र होइन, दक्ष जनशक्तिको खानी पनि बन्दै छ ।’

समारोहकै अवसरमा कर्णालीको कला र रङ्गमञ्चको क्षेत्रमा विगत तीन दशकदेखि अविचलित रूपमा क्रियाशील व्यक्तित्व याम आचार्यलाई ‘स्रष्टा सम्मान २०८३’ बाट सम्मानित गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ११ : २३ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन