वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग « Khabarhub

वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वदेशी फलफूलमा आधारित वाइन उद्योग जोगाउन सरकारसँग विशेष कर सहुलियतको माग गरिएको छ । वसन्तपुर तीनजुरे प्रालिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा किबीबाट उत्पादित वाइनमा लाग्दै आएको अन्तःशुल्कमा ८० प्रतिशत छुट दिन माग गरेको हो । 

हालको कर नीतिका कारण आफूहरूले लगानी जोखिममा परेको उनीहरूको भनाइ छ । धनकुटाको महालक्ष्मी नगरपालिकामा विगत नौ वर्षदेखि सञ्चालनमा रहेको यस उद्योगले इलाम, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ र धनकुटाका किसानबाट किबी खरिद गरी प्रशोधन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७३-७४ को बजेटमार्फत स्वदेशी फलफूलबाट उत्पादित १२ देखि १७ प्रतिशत अल्कोहलयुक्त पेयपदार्थमा ८० प्रतिशत अन्तःशुल्क छुट दिने व्यवस्था गरिएको थियो । विसं २०७५ मा उक्त सुविधा हटाइएपछि स्वदेशी उद्योगहरू मारमा परेको उद्योगले जनाएको छ ।

उद्योगका अध्यक्ष दुर्गामणि पौडेलले स्वदेशी र आयातित वाइनमा समान कर दर कायम गरिँदा स्थानीय उत्पादन प्रतिस्पर्धामा उत्रन नसकेको बताए। 

‘आयातित मदिरासँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको छ”, उनले भने, “नीतिगत असमानताले स्वदेशी उत्पादन विस्थापित हुने जोखिम बढाएको छ ।’

पौडेलका अनुसार एक लिटर किबी वाइन उत्पादन गर्न ४६० रुपैयाँ अन्तःशुल्क, कच्चा पदार्थ, बोतल, श्रम लागत तथा १३ प्रतिशत भ्याट जोड्दा कूल लागत रु ९२१ पुग्ने उनको भनाइ छ । पौडेलले ढुवानी र बैंक ब्याजसमेत जोड्दा उत्पादन लागत अझै बढ्ने हुँदा बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको भन्दै चिन्ता जनाएका छन् । 

‘आगामी बजेटमार्फत अन्तःशुल्कमा ८० प्रतिशत छुट दिई प्रतिलिटर कर रु १२० कायम गर्न सरकारसँग माग गर्छौ”, उनले भने, “यस उद्योगमार्फत हजारौँ किसान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । हाल ६५ घरपरिवार किसानको ४०० रोपनी र उद्योगको आफ्नै १०० रोपनी गरी कूल ५०० रोपनी जमिनमा किबी खेती भइरहेको छ ।’

किबी बोटले रोपेको करिब पाँच वर्षपछि मात्र उत्पादन दिन सुरु गर्ने र करिब ५० वर्षसम्म फल दिने भएकाले किसानको लगानी दीर्घकालीन रहेको पौडेलले जानकारी दिए। उनका अनुसार प्रशोधन उद्योगलाई राज्यले प्रोत्साहन नगरे किसानले उचित मूल्य नपाउने र लगानी जोखिममा पर्ने सम्भावना बढेको छ । स्वदेशी फलफूलमा आधारित उद्योगको प्रवर्द्धन गर्न सके स्थानीय रोजगारी सिर्जना, बाँझो जमिनको उपयोग तथा आयात प्रतिस्थापनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

उनका अनुसार ‘तिन्धुरे बगान’ ब्रान्डको किबी वाइन बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ४ : ४२ बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको