घडियाल गोहीका सात गुँडका १९५ अण्डा संकलन « Khabarhub

घडियाल गोहीका सात गुँडका १९५ अण्डा संकलन


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– राप्ती नदीमा भेटिएका घडियाल गोहीका १७ गुँडमध्ये सात गुँडबाट अण्डा संकलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि गुँड खोज्ने क्रममा भेटिएकामध्ये आइतबार सात गुँडबाट एक सय ९५ वटा अण्डा संकलन गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानवीय र वन्यजन्तुको खतरा भएका गुँडबाट अण्डा संकलन गर्ने गरिन्छ । गतवर्ष राप्ती नदीमा १८ वटा गुँड भेटिएकामा तीबाट दुई सय ३२ वटा अण्डा निकालिएको उनले जानकारी दिए ।

सूचना अधिकारी थापामगरले भने, ‘जोखिम क्षेत्रमा रहेका गुँडबाट मात्रै अण्डा संकलन गरिएको हो । सुरक्षित स्थानमा रहेका गुँडका अण्डालाई प्रकृतिमा नै छोडिएको छ । संकलित अण्डा कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिएको छ ।’

गोही प्रजनन केन्द्रमा हरेक वर्ष संकलन गरी ल्याइएका अण्डालाई कोरलेर पाँच वर्ष पुगेका गोहीलाई नदीमा छाड्ने गरिन्छ । अघिल्ला वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यसवर्ष राप्ती नदीमा मात्र खोजिएको सूचना अधिकारी थापामगरले बताए । 
 

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ५ : १३ बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको