सभामुखलाई हर्कले भने- प्रधानमन्त्री ल्याउनुस्, नत्र मलाई निकाल्नुस् « Khabarhub

सभामुखलाई हर्कले भने- प्रधानमन्त्री ल्याउनुस्, नत्र मलाई निकाल्नुस्


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाठौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । 

बुधबार बसेको बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुखले रुलिङ नगरेको भन्दै बैठक बहिष्कार गरेका हुन् । 

त्यसअघि बैठक सुरु हुनेबितिकै उनले सभामुखलले रुलिङ गरेर प्रधानमन्त्रीलाई ल्याउन माग गरे  । नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा जवाफदेही बनाएर ल्याउन नसके नियमावलीको नियम ३१ को १ लागू गरेर आफुलाई सदनबाट निस्कासन गर्न अनुरोध गरे । 

साम्पाङले धारणा राखेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको उपस्थीतिको मागका बिषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरेका थिए । 

सभा सञ्चालनका लागि सभामुखलाई निर्देशन दिने अभ्यास नभएको भन्दै उनले नेपालको संविधान, कानून र ऐन अनुसार आवश्यक निर्णय लिने जिम्मेवारी सभामुखको भएको स्मरण गराए । 

प्रधानमन्त्रीको उपस्थीतिको लागि सभामुखले रुलिङ नगरेपछि अध्यक्ष साम्पाङले बैठक बहिष्कार गरेका थिए । उनले बैठक बहिष्कार गरेपनि श्रम संस्कृतिका अन्य सांसदहरु भने बैठक बहिष्कार गरेनन् ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ११ : ५७ बजे

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीलाई प्रचण्डले भने- गम्भीर भएर सदनलाई व्यवस्था गरे ठूलो मूल्य चुकाउन पर्ला

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले वालेन्द्र

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन