भारतले नेपाललाई दियो कैदी बोक्ने १० वटा ट्रक « Khabarhub

भारतले नेपाललाई दियो कैदी बोक्ने १० वटा ट्रक


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पर्सा- भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक दिएको छ।

वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले मंगलबार आयोजित कार्यक्रममा ती ट्रक पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई हस्तान्तरण गरेका हुन् ।

उपहारस्वरूप प्रदान गरिएका ती ट्रकले नेपालको सुरक्षाकर्मी र कानुन कार्यान्वयन गर्ने निकायहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइएको छ ।

यसअघि पनि भारत सरकारले नेपाललाई विभिन्न प्रकारका सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।

सन् २०२६ मार्च ५ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले करिब ६४० वटा सवारीसाधन, एसयूभी, पिकअप र ट्रक उपलब्ध गराएको थियो ।

त्यसैगरी विगतका वर्षहरूमा भारतले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालगायत सुरक्षा निकायहरूलाई २ हजारभन्दा बढी सवारीसाधन हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  २ : ११ बजे

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

काठमाडौं– संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन