जेन–जी आन्दोलन भड्काउन पहिले नै बनेको थियो प्रहरीको फेक आइडी « Khabarhub

मानवअधिकार आयोगको प्रतिवेदन 

जेन–जी आन्दोलन भड्काउन पहिले नै बनेको थियो प्रहरीको फेक आइडी


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा नेपाल प्रहरीको नक्कली (फेक) फेसबुक पेज बनाएर आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाउन खोजिएको निष्कर्ष सार्वजनिक भएको छ। 

मानव अधिकारले सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनअघि नै सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई विद्यालय पोशाकमा प्रदर्शनमा आउन आह्वान गरिएको उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार उक्त फेक पेजमार्फत ‘विद्यालय पोशाकमा आएमा प्रहरीले बल प्रयोग गर्न सक्दैन’ भन्ने भ्रमपूर्ण सामग्री प्रसारण गरिएको थियो । त्यसरी विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराई ‘मानव ढाल’ का रूपमा प्रयोग गर्ने प्रयास भएको तथ्य सुरक्षा निकायको बयान र घटनापछिका विवरणबाट पुष्टि भएको उल्लेख छ ।

आन्दोलनअघि प्रयोग गरिएका सामाजिक सञ्जाल खाताहरू घटनापछि निष्क्रिय बनाइएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, यस्ता गतिविधि पहिल्यै सामाजिक सञ्जालमा सार्वजनिक भइरहँदा पनि सुरक्षा निकायले ती खातामाथि निगरानी बढाउने, भ्रम चिर्ने वा निष्क्रिय पार्ने पर्याप्त पहल नगरेको देखिएको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदनमा आन्दोलन हिंसात्मक हुन सक्ने पर्याप्त ‘क्लु’ सुरक्षानिकायसँग हुँदाहुँदै पनि सरकार र सुरक्षा निकायको पूर्वतयारी कमजोर रहेको औंल्याइएको छ ।

सामाजिक सञ्जालमार्फत फैलाइएको गलत सूचना र त्यसको प्रभावको वस्तुगत मूल्यांकन गर्न नसक्दा स्थिति नियन्त्रण बाहिर गएको निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ४ : ४० बजे

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

बागमती– लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट

दुबई– कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी

मालिकामा बेसारको ‘ब्रान्डिङ’

तम्घास– गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारी

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

सिमकोट– सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८