टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१–००४ क १३७७ नम्बरको टिपर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई टिपरले ठक्कर दिएको थियो ।

दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का ३५ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका३ का ३० वर्षीय राजेश घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सार्कीको शव परीक्षणका लागि धौलागिरि अस्पताल, बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  १२ : ०७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था