कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो « Khabarhub

कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु भएपछि कास्कीका किसानले समयमै धान रोपाइँ गर्न पाएका छन् । जिल्लाका २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको छ । 

जिल्ला कृषिविकास कार्यालयका कृषि प्रचारप्रसार अधिकृत रामकृष्ण अर्यालका अनुसार यहाँका चार पालिका र एक महानगरपालिका २६ हजार हेक्टर धानखेतमध्ये ४७ प्रतिशतमा धान रोपाइँ सकिएको हो । सिँचाइ कुलो लाग्ने खेतमा अधिकांश रोपाइँ भइसकेको उनले जानकारी दिए । 

गाउँका टारी खेतमा पानीका मूल अझै नफुटेका कारण रोपाइँ हुन सकेको छैन, अर्यालकाअनुसार दुई चार दिनलगातार वर्षा भयो भने टारी खेतमा पनि धान रोपाइँ हुन्छ । सिँचाइ भएका र धानका पकेट क्षेत्र मानिदै आएका फाँटहरु कुँडहर, शिशुवा, फेवाफाँट, विरुवा, सार्दीखोला, लाचोक, हेम्जा, सुइँखेत खुदी, भलाम, बुडुवा सातमुहाने देउराली, सुरौदी, अर्मला, आर्बा फाट, मादीबेसी, मकैखोला, वेगनास तालबेसी जस्ता फाँटका अधिकांश किसानले धान रोपाइँ गरिसकेको अर्यालले बताए । 

वार्षिक ८५ हजार मेक्टिकटन धान उत्पादन हुँदै आएको कास्कीमा बढीमात्रामा उन्नत जातका धानका बीउहरू रोप्ने गरिएको जानकारी उनले दिए। ती जातका धानबालीले बढी उत्पादन दिने भएपछि किसान उन्नत जातको धानप्रति आकर्षित हुने गरेका छन् । 

कास्कीमा रैथाने धान जेठोबुढो, गुर्दी, मन्सरा, अनदीबढी हुने गरेको भएपनि पछिल्ला वर्षमा त्यस्ता रैथाने धान कम लगाउने गरिएको पाइएको छ । अधिकांश किसानले उन्नत मनसुली, खुमल, रामधाम, सावित्रीजस्ता जातहरू लगाउँदै आएको जानकारी जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख सुदीप खतिवडाले दिए । 

कृषि विकास कार्यालयले सुधारिएको धानको बीउ किसानलाई अनुदान दिँदै आएको र यस वर्ष पनि उक्त बीउको लागि आठ लाख रुपैयाँ छुट्टिएको छ, श्रोत बीउ, औजार, उपकरण वितरण, भण्डारण र वर्गीकरण गर्ने गरेका छौँ । कार्यालयले वार्षिक रूपमा उत्कृष्ट किसानलाई पुरस्कृत गर्दै आएको छ । 

पोखरा–२४ कास्की कोटका किसान जीवन सुवेदीले यस वर्ष बेलैमा धान रोपाइँ गर्न पाएकोमा खुसी व्यक्त गर्दै  धानको उत्पादन बढ्ने आशा गरेका छन् । 

रासायनिक मलमा कुनै पनि कृषि सहकारीले कालोकजारी गरी बढी मूल्यमा बिक्री नगरून् भनेर नै अनुगमन गरिरहेको जानकारी उनले दिए । पछिल्लो समय गोरुको सट्टा ट्याक्टरबाट खेत जोति रोपाइँ गर्ने भएकाले पनि एकै दिन धेरै क्षेत्रफलको जमिनमा धान रोपाइँ गर्न सकिने बताए। 

समयमै मनुसन सुरु भएकाले र प्राकृतिकप्रकोप तथाकुनै रोग नलागेमा अघिल्लो वर्षको तुलनामा यस वर्ष कास्कीमा धानको उत्पादन बढ्ने अनुमान कृषि विकास कार्यालय कास्कीको छ । 

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  १२ : २६ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने