वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा « Khabarhub

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा प्रवेश गरेको छ । 

विसं २०७० जेठ ५ गते सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर हुँदै आएको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि वाग्मती सफाइ महाअभियानले भने निरन्तरता पाउँदै आएको छ । 

महाअभियानबाट सफाइसम्बन्धी जागरण फैलिएको छ । सफाइ महाअभियानको ६८५औँ हप्तामा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरअघिका वाग्मती नदी  किनारमा आज सफाइ गरिएको छ । 

वाग्मती सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, काठमाडौँ महानगरपालिका वडा नं ९ का सदस्य  टेकराज अधिकारी, स्थानीयवासीलगायतको सक्रियतामा भएको सफाइबाट लगभग एक मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । 

महानगरपालिकाको वातावरण विभाग टेकुको ट्रकमा राखी आज उठाइएको फोहर  व्यवस्थापन गरिएको छ ।
 

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ४ : ३८ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा