प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट « Khabarhub

प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु गरेको निजी क्षेत्रका प्रतिनिधिसँगको भेटघाटमा अर्थमन्त्री स्वर्णिम वाग्ले देखिएनन् । 

यो अवधिमा प्रधानमन्त्री बालेनले विभिन्न १२ क्षेत्रका प्रतिनिधिसँग कुराकानी गरे । 

सामान्यतया ती सबै प्रतिनिधिका माग र समस्या अर्थ मन्त्रालय र सो मातहतका निकायसँग जोडिने प्रकृतिका थिए । तर, प्रधानमन्त्री र निजी क्षेत्रको श्रृंखलाबद्ध छलफलमा अर्थमन्त्री र अर्थ मन्त्रालय भने छुटे ।

प्रधानमन्त्री बालेनले निजी क्षेत्रको भेटघाटलाई तीव्र बनाउँदा अर्थमन्त्री डा वाग्लेले सो अवधिमा बजेट कार्यान्वयन मार्गदर्शन जारी, राजस्व समीक्षा बैठक, अष्ट्रेलियाका युवाहरूसँग छलफल लगायतका काममा आफूलाई व्यस्त बनाएका थिए । 

तर, बजेटका विभिन्न प्रावधानमा आलोचनाको केन्द्र बन्नेदेखि शक्ति संघर्षमा कमजोर देखिएका अर्थमन्त्री डा वाग्लेले मंगलबारबाट फेरि प्रधानमन्त्रीले नै चासो देखाएको विषय सुरु गर्दैछन् । मंगलबार अर्थमन्त्री डा वाग्लेले उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका तीन दर्जन उद्योगीलाई बोलाएर ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ राखेका छन् ।

अर्थमन्त्रीको सो कार्यक्रममा उद्योग मन्त्रालयका सचिव सहभागी हुने जनाइएको छ भने अन्य मन्त्री र अन्य मन्त्रालयको प्रतिनिधित्वको विषय भने खुलाइएको छैन । प्रधानमन्त्री कार्यालयको भेटघाट र छलफलमा कार्यान्वयन गर्ने अर्थ मन्त्रालय छुट्नु र अर्थ मन्त्रालयले फेरि प्रधानमन्त्रीले नै भेटघाट गरेका क्षेत्रलाई दोहोर्याउनुले प्रधानमन्त्री र अर्थमन्त्रीबीचमा शक्ति संघर्ष कायमै रहेको देखाएको छ ।

प्रधानमन्त्री बालेनले असार २३ गते उद्योग वाणिज्य क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका प्रतिनिधिसँगबाट निजी क्षेत्रसँग संवाद सुरु गरेका थिए । उनले सो छलफललाई निर्माण, ऊर्जा, होटेल, महिला उद्यमी, जुत्ता उत्पादक, पुँजी बजार, पोशाक उत्पादक, हस्तकाल उद्यमी, अर्ग्यानिक उत्पादक, निर्यातजन्य उद्यमी लगायतका क्षेत्रसम्म पुर्‍याएका थिए ।

साथै, प्रधानमन्त्री कार्यालयले सो छलफललाई अझै बिस्तार गर्ने समेत जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १ : ३३ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा