स्वर्णिमको कटाक्ष, ‘हामी राज्यकोष जोगाउन खोज्दैछौँ, प्रधानमन्त्री र ऊर्जामन्त्रीकहाँ सल्लाहकारको लर्को रहेछ « Khabarhub

स्वर्णिमको कटाक्ष, ‘हामी राज्यकोष जोगाउन खोज्दैछौँ, प्रधानमन्त्री र ऊर्जामन्त्रीकहाँ सल्लाहकारको लर्को रहेछ


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहसँगको सम्बन्धमा दरार आएको चर्चा भइरहेका बेला मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सल्लाहकारलाई लिएर कडा प्रहार गरेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको शक्तिशाली सरकारमै सल्लाहकारहरूको संख्या थुपारेर राज्यकोषमा भार पारिएको भन्दै सार्वजनिक कार्यक्रममै असन्तुष्टि पोखेका हुन्।

राजस्व चुहावट नियन्त्रण र पूँजी बजार विकाससम्बन्धी कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा उनले विगतका सरकारहरूमा सल्लाहकार र स्वकीय सचिवको लर्को लगाएर राज्यकोषमा अनावश्यक भार थपिएको स्मरण गरे। तर वर्तमान सरकारमा पनि त्यही कुरा दोहोरिएको भन्दै उनले प्रधानमन्त्री शाह र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको कार्यशैलीमा प्रहार गरे।

वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ऊर्जा मन्त्रालयमा ठूलो संख्यामा सल्लाहकार थोपरिएको उदाहरण दिँदै आफ्नो मन्त्रालय र आफूले अहिले पनि मितव्ययी बनेर राज्यकोष जोगाउने काम गरेको सुनाए । उनले भने, ‘प्रधानमन्त्रीका २७ सल्लाहकार र ऊर्जामन्त्रीका २० सल्लाहकार रहेछन् । तर मेरा सल्लाहकार केबल एकजना मात्रै छन् ।’

दुईजनाको उदाहरण दिएका वाग्लेले अहिलेको अवस्थामा राज्यको स्रोतको सदुपयोग गर्नुपर्ने उल्लेख गरे । ‘तपाईंहरूले सुनिरहनु नै भएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २७ जना सल्लाहकार अहिले कार्यरत हुनुहुन्छ, ऊर्जा मन्त्रालयमै पनि २० जना सल्लाहकार राखिएको रहेछ’, उनले भने, ‘तर मैले अहिले पनि एकजना मात्रै सल्लाहकार राखेको छु, ती पनि मैले अवैतनिक राजस्व सल्लाहकारका रुपमा राखेको छु।’

वाग्लेले अवैतनिक राजस्व सल्लाहकार मात्र राखेर राजस्व संकलनलाई प्राथमिकता दिएको पनि बताए । धेरै सल्लाहकार थुपारेर भन्दा प्रष्ट लक्ष्य, प्रभावकारी कार्यान्वय र नतिजा निकाल्ने गरी काम चाहिएको पनि उनले बताएका छन् ।

नेपालको अर्थतन्त्र उकास्न सल्लाहकार थुपार्नेभन्दा राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउनु आवश्यक रहेको उनले जोड दिए । उनले एकातिर राजस्वको लय बिग्रिएको सुनाउँदै अर्कातिर सल्लाहकार र फजुल खर्चको ग्राफ बढ्दो रहेकोमा चिन्ता जनाए ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  २ : १९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको