प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन « Khabarhub

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई करोड ६५ लाख ६८ हजार ५३७ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकरभिट्टा अध्यागमन कार्यालयले नेपाल प्रवेश गर्ने विदेशी नागरिकबाट उक्त राजस्व  रकम जम्मा गरेको हो । 

निमित्त कार्यालय प्रमुख इन्द्रकुमार राजवंशीले सो नाकाबाट नौ हजार ४४७ जना विदेशी नागरिक नेपाल प्रवेश गरेको जानकारी दिए ।

उक्त  अवधिमा आठ हजार २९७ पर्यटक भिसा, १६३ नाता भिसा, ४९ गैरआवासीय नेपाली (एनआरएन) भिसा र ३२ वैवाहिक भिसा जारी गरिएको छ । 

गत आर्थिक वर्षमा काँकरभिट्टा नाका हुँदै ८६ देशका नागरिक नेपाल प्रवेश गरेका थिए । 

भुटानका चार हजार ९९४ जना (५३ प्रतिशत), अमेरिकाका दुई हजार १५२ जना (२३ प्रतिशत) नागरिक रहेका थिए ।

पुस र माघ महिनामा सबैभन्दा बढी विदेशी नागरिक नेपाल भित्रिने गरेका छन् । 

भुटानमा यस अवधिमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा आसपासमा रहेका आफन्तसँग भेटघाट गर्न तथा पूर्वको पशुपतिनाथका रूपमा परिचित हलेसी महादेव दर्शनका लागि नेपाल आउने क्रम बढ्ने गरेको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : ०१ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग