फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस् « Khabarhub

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई हराउँदै नेपाली फाइटर रवीन्द्र ढाट फाइनलमा पुगेका छन्।

बलिया प्रतिद्वन्द्वीलाई हराएर फाइनलमा पुगेपछि एमएमए फाइटर रवीन्द्रले बुधबार रसुवामा गएको बाढीले नेपाल दु:खमा रहेको बताउँदै सहयोगका लागि जुट्न आग्रह गरेका छन् ।

उनले खेल जितेपछि भने, ‘अहिले नेपालमा गाह्रो छ । कृपया आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुहोला ।’

रवीन्द्रले उक्त खेल जित्नुअघि ‘रोड टू यूएफसी सिजन-५’ आयोजकले रसुवा बाढीबारे बोलेको थियो । नेपालमा भएको विनाशको दृश्य देखाउँदै आयोजकले पुनर्निर्माण र आत्मबल बलियो बनाउन कामना गरेको थियो ।

रसुवामा विनाशकारी बाढी भएको पर्सिपल्ट रवीन्द्रले खेल जितेका हुन् । रिङबाटै उनले ऐक्यबद्धता जनाउन आग्रह गरे । बाढीले चिनियाँ र नेपालीहरू शोकमा रहेका बेला रवीन्द्रले सांघाईमा भएको खेल जितेर केही खुसीको राहत दिएका छन्।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ५ : ४१ बजे

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका