भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति ८ः५४ बजे सूचना जारी गर्दै भोटेकोसीदेखि मुग्लिनसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार जिल्ला प्रहरी कार्यालय रसुवामा चीनतर्फबाट प्राप्त सूचनाका आधारमा भोटेकोसीमा पुनः बाढी बढेको हो । बाढीको जोखिमलाई मध्यनजर गर्दै त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले बाढीबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटमा आगामी तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले शुक्रबार साँझ जारी गरेको मौसम बुलेटिनअनुसार शुक्रबार राति रसुवाका केही स्थानमा मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । धादिङ र नुवाकोटका धेरै स्थानमा मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार दिउँसो पनि तीनवटै जिल्लाका धेरै स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । शनिबार राति पनि रसुवा, धादिङ र नुवाकोटका धेरै स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो रसुवा, धादिङ र नुवाकोटका धेरै स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबार राति भने रसुवा र धादिङका केही स्थानमा तथा नुवाकोटका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।

भोटेकोसीमा पुनः बाढी बढेको र आगामी दिनमा समेत प्रभावित क्षेत्रमा वर्षाको सम्भावना रहेकाले नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई थप सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ९ : २८ बजे

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका