अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान « Khabarhub

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा नजिकैबाट पाँच जना पुरुष पक्राउ परेका छन्।

बेलायती प्रहरीले उनीहरूलाई आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा पक्राउ गरिएको जनाएको छ। प्रहरीका अनुसार आइतबार बिहान तीन वटा शंकास्पद गाडी वायुसेना अड्डातर्फ अघि बढिरहेको सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो।

फेयरफोर्ड वायुसेना अड्डा बेलायतको स्वामित्वमा रहे पनि अमेरिकी सेनाले सञ्चालन गर्दै आएको छ। इरानसँगको युद्धका क्रममा अमेरिकी सैन्य गतिविधिका लागि समेत उक्त अड्डा प्रयोग हुँदै आएको बताइएको छ।

पक्राउ परेका व्यक्तिहरूको इरानसँग कुनै सम्बन्ध छ कि छैन भन्नेबारे पनि अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। यद्यपि, उनीहरूको उद्देश्य र घटनामा वास्तविक भूमिकाबारे अहिलेसम्म स्पष्ट भइसकेको छैन।

बेलायती अधिकारीहरूले घटनालाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयका रूपमा लिएर अनुसन्धान अघि बढाइरहेका छन्। पक्राउ परेकाहरूमाथि हालसम्म कुनै औपचारिक आरोप पुष्टि गरिएको छैन।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १ : ३७ बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन