अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान « Khabarhub

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा नजिकैबाट पाँच जना पुरुष पक्राउ परेका छन्।

बेलायती प्रहरीले उनीहरूलाई आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा पक्राउ गरिएको जनाएको छ। प्रहरीका अनुसार आइतबार बिहान तीन वटा शंकास्पद गाडी वायुसेना अड्डातर्फ अघि बढिरहेको सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो।

फेयरफोर्ड वायुसेना अड्डा बेलायतको स्वामित्वमा रहे पनि अमेरिकी सेनाले सञ्चालन गर्दै आएको छ। इरानसँगको युद्धका क्रममा अमेरिकी सैन्य गतिविधिका लागि समेत उक्त अड्डा प्रयोग हुँदै आएको बताइएको छ।

पक्राउ परेका व्यक्तिहरूको इरानसँग कुनै सम्बन्ध छ कि छैन भन्नेबारे पनि अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। यद्यपि, उनीहरूको उद्देश्य र घटनामा वास्तविक भूमिकाबारे अहिलेसम्म स्पष्ट भइसकेको छैन।

बेलायती अधिकारीहरूले घटनालाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयका रूपमा लिएर अनुसन्धान अघि बढाइरहेका छन्। पक्राउ परेकाहरूमाथि हालसम्म कुनै औपचारिक आरोप पुष्टि गरिएको छैन।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १ : ३७ बजे

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४