युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट « Khabarhub

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा हस्तान्तरण गरेको विषय सार्वजनिक गरेपछि दक्षिण कोरियाले असन्तुष्टि जनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले दुई देशबीच भएको गोपनीयता सम्झौता उल्लङ्घन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै आधिकारिक स्पष्टीकरण र माफी माग्न आग्रह गरेका छन्  ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा पठाइएको खुलासा गरेका थिए । उनले ती सैनिकलाई जीवितै पक्राउ गर्नु सहज नभएको बताएका थिए ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका वरिष्ठ सचिव सेओङ घी–होङले युक्रेनी पक्षले गोपनीयता सम्झौता उल्लङ्घन गर्दै विषय सार्वजनिक गरेको बताए। युक्रेनी राष्ट्रपतिको प्रेस कार्यालयले भने दुई देशबीच त्यस्तो कुनै गोपनीयता सम्झौता नभएको जनाएको थियो ।

युक्रेनी पक्षको उक्त भनाइप्रति पनि दक्षिण कोरियाले आपत्ति जनाएको छ । सेओङका अनुसार घटनाले दुई सरकारबीचको विश्वास र मैत्रीपूर्ण सम्बन्धमा क्षति पुर्‍याएको छ ।

युक्रेनले गत वर्षको सुरुआतमा रुसका लागि लडिरहेका उत्तर कोरियाली सैनिकमध्ये दुई जनालाई पक्राउ गरेको थियो । तीमध्ये एक सैनिकले आफू १७ वर्षको उमेरमा उत्तर कोरियाली सेनामा भर्ती भएको र जासुसीसम्बन्धी एकाइमा काम गरेको बताएका थिए । दक्षिण कोरियाका एक सांसदका अनुसार ती सैनिकले दक्षिण कोरियामा ‘सामान्य जीवन’ बिताउने इच्छा व्यक्त गरेका थिए ।

इवा वुमन्स युनिभर्सिटीकी प्राध्यापक पार्क वोन–गोनले घटनाको सार्वजनिक खुलासाले उत्तर कोरियामा दक्षिण कोरियाप्रतिको शत्रुता थप बढाउन सक्ने बताउनुभएको छ । राष्ट्रपति लीले गत जुनमा पद सम्हालेपछि पूर्वसर्तबिनै उत्तर कोरियासँग वार्ताको प्रस्ताव अघि सार्दै आएका छन् ।

यस घटनाले युक्रेनलाई दक्षिण कोरियाबाट सैन्य सहयोग प्राप्त गर्ने प्रयासमा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ । दक्षिण कोरियाले हालसम्म युक्रेनलाई घातक हतियार उपलब्ध गराएको छैन । तर उत्तर कोरियाले रुसलाई सहयोग गर्न सैनिक पठाएपछि युक्रेनलाई रक्षात्मक हतियार उपलब्ध गराउने विषयमा दक्षिण कोरियाले विचार गरिरहेको थियो ।

क्युङ्गनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले घटनाले दक्षिण कोरिया र युक्रेनबीचको विश्वासमा ठूलो धक्का पुगेको बताए ।  

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  २ : १३ बजे

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता