प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत « Khabarhub

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

प्रस्ताव प्रस्तुत गर्दै मन्त्री बादीले मन्त्रालयको नाम परिवर्तन सँगै सामाजिक सुरक्षाको जिम्मेवारीसमेत थपिएकाले आवश्यक कानुनी एकरुपताका लागि विधेयक ल्याउनुपरेको बताइन्। 

यसअघि उक्त प्रस्ताव माथिको छलफलमा भाग दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफ्साना बानुले महिलाको सम्मान र सशक्तीकरणबिना राष्ट्रको समृद्धि सम्भव नरहेको उल्लेख गर्दै प्रस्तावित विधेयकमा पूर्ण समर्थन रहेको बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद यज्ञमणि न्यौपानेले विधेयकले राज्यले न्याय दिन सक्ने अनुभुति गराएको बताए । नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले विधेयक ल्याउँदा त्यसको औचित्यता र कारणमा प्रष्ट हुनुपर्ने धारणा राखे।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद टुकाभद्रा हमालले असहाय नागरिक, अपाङ्गता र एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुनुपर्ने बताए। 

बैठकमा सांसदहरु अम्बिकादेवी सङ्ग्रौला, गणेशबहादुर विश्वकर्मा, ज्ञानु पौडेल, गुरुप्रसाद बराल, सुशीला ढकाल (आचार्य), साजिदा खातुन सिद्धिकी, लालविक्रम थापा, बिश्वराज पोखरेल र पार्वती विकले विधेयक माथिको छलफलमा भाग लिइ आ–आफ्ना धारणा राखेका थिए । 

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ३ : ५१ बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन