बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध « Khabarhub

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन्। 

जिल्लाको तेस्रो मुख्य सडकको रुपमा रहेको कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा ठूलो पहिरो खसेपछि पाँच दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन। 

उक्त करिडोरको गुल्मी खण्डका विभिन्न स्थानमा पहिरो गएको र सडक भासिएकोले यातायात सञ्चालनमा कठिनाइ भएको छ । अवरुद्ध सडक खुलाउनका लागि उक्त क्षेत्रमा स्काभेटर परिचालन गरिएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भिमकिरण बोगटीले जानकारी दिएका छन् ।

त्यसैगरी रुद्रवेणी–वामीटक्सार सडकखण्ड गत चार दिनदेखि अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत चन्द्रकोट गाउँपालिका–७ सिस्नेभीरमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । 

वर्षा रोकिएपछि यातायात सञ्चालन गर्नका लागि स्थानीय गाउँपालिका र सडक निर्माण कम्पनीको सहयोगमा डोजर र एक्साभेटर प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाउने काम भइरहेको छ । 

त्यसैगरी जिल्लाको इन्द्रेगौँडा‐रातडाँडा‐तम्घास सडक पनि पहिरोका कारण अवरुद्ध बनेको छ । उक्त सडकखण्ड अन्तर्गत मुसिकोट नगरपालिका‐३ स्थित ताउखोलामा सडक माथिबाट पहिरो खसेपछि आईतबारदेखि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । वर्षाका कारण जिल्लाका अधिकांस ग्रामिण सडकहरु अवरुद्ध हुँदा यातायात सेवा प्रवावित बनेका छन् ।

जिल्लाका मुख्य तथा ग्रामीण सडक अवरुद्ध हुँदा चाडपर्वका बेला सर्वसाधारणलाई आवतजावत, दैनिक प्रशासनिक काम तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ । 

स्थानीय पालिकाहरुले अवरुद्ध सडक खुलाउन सुरु गरिसकेका छन् । मंगलबारसम्ममा जिल्लाका अधिकांश अवरुद्ध सडक सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
    
जिल्ला प्रशासन कार्यालयले भारी वर्षा र बाढीपहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै शुक्रबारदेखि जिल्लाभर सञ्चालनमा रोक लागाइएको सवारी आवागमनसमेत आजदेखि खुला गरेको छ ।

बाढीपहिरोबाट जिल्लाभर २४१ घरधुरी जोखिममा परेको छन् भने करोडौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको बताइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ४ : १६ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले