बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू) « Khabarhub

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू)


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती डुबानमा परेपछि स्थानीय बासिन्दा विस्थापित भएका छन् । बाढीले घर डुबाएपछि प्रभावित परिवारहरू अहिले घर छाडेर भुइँथानमा अस्थायी टेन्टमा बसिरहेका छन् ।

स्थानीयका अनुसार शान्तिबजारमा करिब ५३ देखि ६० घर बाढीको डुबानमा परेका छन् । बाढीका कारण घरमा बस्न नसक्ने अवस्था भएपछि स्थानीयहरू सुरक्षित स्थानमा सरेका हुन् । अहिले भुइँथानमा २७ वटा टेन्ट राखिएका छन्, जहाँ २७ परिवारले आश्रय लिइरहेका छन् ।

बाढीपीडित इन्द्रबहादुर आले मगरका अनुसार असोज २५ गते आएको बाढीपछि आफूहरू विस्थापित भएका उनले बताए । नेपाल रेडक्रस सोसाइटीले असोज २७ गतेतिर टेन्ट उपलब्ध गराएपछि प्रभावित परिवारले अस्थायी बसोबासको व्यवस्था गरेका छन् ।

‘शान्तिबजारका करिब ६० घर डुबानमा परेका छन् । अहिले हामी भुइँथानमा टेन्टमा बसिरहेका छौँ,’ उनले भने, ‘स्थानीय सरकारले पनि राहत दिइरहेको छ। अहिले खान र बस्नका लागि व्यवस्था ठीकै छ ।’

उनका अनुसार स्थानीय सरकारले चिसो बढ्दै जाने भएकाले विशेषगरी वृद्धवृद्धा र साना बालबालिका भएका परिवारलाई कोठा भाडामा लिएर बस्न आग्रह गरेको छ ।  त्यसका लागि प्रतिपरिवार मासिक १५ हजार रुपैयाँसम्म उपलब्ध गराउने भनिएको उनले बताए ।

बाढीपीडित गौरी गुरुङले पनि अहिले अस्थायी शिविरमा बसोबास र खानपानको व्यवस्था तुलनात्मक रूपमा सहज रहेको बताइन् । प्रभावित परिवारलाई खाना, सुत्ने व्यवस्था तथा बालबालिकाका लागि कपडा उपलब्ध गराइएको उनको भनाइ छ ।

‘अहिले हामीलाई मुख्य रूपमा खान र सुत्नका लागि व्यवस्था चाहिएको हो । त्यो भइरहेको छ,’ उनले भनिन्, ‘सानो बच्चा र वृद्धवृद्धा भएका परिवारलाई कोठा भाडामा लिएर बस्न रकम दिने कुरा पनि भएको छ ।’

बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार तथा विभिन्न निकायबाट राहत वितरण भइरहेको भए पनि विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना भने चुनौतीपूर्ण देखिएको छ । अस्थायी टेन्टमा बसिरहेका परिवारलाई चिसोबाट जोगाउने, सुरक्षित आवासको व्यवस्था गर्ने र क्षतिग्रस्त घर तथा सम्पत्तिको यकिन विवरण संकलन गर्नुपर्ने आवश्यकता छ ।

बाढीले घर डुबाएपछि विस्थापित भएका स्थानीय अहिले तत्कालका लागि राहत र अस्थायी आवासको भरमा दिन बिताइरहेका छन् । उनीहरूलाई सुरक्षित रूपमा घर फर्कने अवस्था कहिले बन्छ भन्ने अन्योल कायमै छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १२ : ५९ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि