विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी « Khabarhub

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका छन् । 

बुधबार पार्टी कार्यालय च्यासलमा मनोनित केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा के.सी. भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराउदै अध्यक्ष ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेकाले मानसिक रूपमा तयार रहन नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे  ।

उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्ने बताए । कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक र अनुशासित ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष ओलीले देशमा आतङ्क फैलाउने, र विना बर्दीका प्रहरी प्रयोग गरी बलजप्ती र गिरफ्तारी गर्ने जस्ता अराजक काम गरिरहेको आरोप लगाए  । 

ओलीले देशी–विदेशी तथा आन्तरिक–बाह्य सबै शक्तिहरू एकजुट भएर सिद्ध्याउन खोज्दा पनि एमाले मजबुत हैसियत र लोकप्रिय मतका साथ उभिएको धारणा राखे । 

उनले अघिल्लो चुनाव पारदर्शी नभएको र प्रतिगमनको दोस्रो शृङ्खला भएको टिप्पणी गर्दै आगामी दिनमा एकता र अनुशासनका साथ अगाडि बढेर जित हासिल गर्नुपर्नेमा जोड दिए । 

पार्टीभित्र देखिने विकृत प्रवृत्ति, अराजकता र अनुशासनहीनता सैह्य नहुने भन्दै अध्यक्ष ओलीले यसलाई अन्त्य गर्नुपर्ने बताए। आफ्नै पार्टी, नेतृत्व वा नीतिको विरुद्धमा बाहिर सार्वजनिक रूपमा बोल्नु संस्थागत नियम विपरीत भएकाले सचेत रहन उनले आग्रह गरे ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ४ : २९ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान