सुर्खेत– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज ९ वटा खेलमा प्रतिस्पर्धा हुँदैछ । खेल तालिकाअनुसार आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराँते र शारीरिक सुगठनका खेल हुनेछन् ।
महिला क्रिकेट वीरेन्द्रनगर रंगशाला र पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछन् । यस्तै, पुरुष फुटबल मुख्य रंगशाला तथा महिला बास्केटबल वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुनेछन् ।
यसैगरी, टेनिस बर्दियामा, कबड्डी मुख्य कबड्डी हल र जिम्न्यास्टिक मिनी कबड्डी हल सुर्खेतमा हुनेछन् । फुलकन्ट्याक्ट कराँते ब्याडमिन्टन कभर्डहल सुर्खेत तथा शारीरिक सुगठन रुकुम पश्चिमको चौरजहारीमा हुनेछ ।

















प्रतिक्रिया