इराकी कुर्दिस्तानको राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणको प्रयास निस्तेज « Khabarhub

इराकी कुर्दिस्तानको राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणको प्रयास निस्तेज


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि जवाफी कारवाहीलाई जारी राखेको छ । यसै क्रममा इराकको स्वशासित क्षेत्र कुर्दिस्तानको राजधानी इर्बिलस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई पनि इरानले निशाना बनाएको खबर छ ।

इराकमा इरानसमर्थित खतैब हेज्बोल्लाह नामक सैन्य संगठन सक्रिय छ । यसअघि सो संगठनले इरानको समर्थन गर्दै अमेरिकी निशानालाई लक्षित गर्दै हमला गर्नसक्ने समाचार आएको थियो ।

इराकी कुर्दिस्तान क्षेत्रमा रहेको इर्बिल अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएको जनाइएको छ । समाचारमा जनाइएअनुसार विमानस्थलतर्फ आइरहेको एउटा विस्फोटक ड्रोनलाई त्यहाँ तैनाथ हवाई रक्षा प्रणालीले आकाशमै सफलतापूर्वक खसालिदिएको छ ।

हाल विमानस्थल बन्द गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ७ : २१ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा