ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो « Khabarhub

ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन शाह नेतृत्वको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिएको बताएका छन्।

उनले वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुन नहुने उल्लेख गर्दै सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र राष्ट्रिय एकता पहिलो सर्त भएको बताएका छन्।

ओली र लेखक पक्राउपछि विभिन्न राजनीतिक दलका नेताहरूबाट प्रतिक्रिया आउने क्रम जारी छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ७ : ०५ बजे

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

केही भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको

विश्वकपमा आइभोरी कोस्टको रोमाञ्चक जित: ९० मिनेटको गोलले इक्वेडर पराजित

काठमाडौँ – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्यानचेस्टर युनाइटेडका अमद