स्मार्ट नागरिक सेवा केन्द्र सञ्चालन गर्ने बालेन सरकारको निर्णय « Khabarhub

स्मार्ट नागरिक सेवा केन्द्र सञ्चालन गर्ने बालेन सरकारको निर्णय


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नागरिक सेवा सुधारलाई तीव्र बनाउने उद्देश्यसहित नयाँ योजना सार्वजनिक गरेको छ ।

सरकारले प्रमुख शहरहरूमा स्मार्ट नागरिक सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । जहाँ नागरिकले विभिन्न सरकारी सेवा एउटै स्थानबाट, छरितो र समयमै प्राप्त गर्न सक्नेछन् । यी केन्द्रहरू दैनिक १२ घण्टा सञ्चालन हुने गरि व्यवस्था मिलाउने बताइएको छ ।

योजनाअन्तर्गत नागरिकता, राहदानी, र राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरू डिजिटल र एकीकृत प्रणाली मार्फत उपलब्ध गराइने छन् । यसले नागरिकले सेवा लिनका लागि कार्यालय धाउनुपर्ने झन्झट कम गर्ने तथा प्रक्रिया छरितो, फेसलेस र ट्रयाकिङ योग्य बनाउने उद्देश्य राखेको छ।

सरकारी कार्यालयको फ्रन्ट डेस्क प्रणाली पनि आधुनिक पार्दै कर्मचारीहरूले उपलब्ध सेवा तथा आवश्यक कागजातहरूको विवरण १५ दिनभित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रिपोर्ट गर्ने व्यवस्था लागू गरिनेछ। यसले सेवाको पारदर्शिता र दक्षता वृद्धि गर्नेछ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : ४० बजे

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम

तेह्रथुम– अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनः स्थापनामा